बुद्धनगरको सुकुम्बासी बस्तीमा रहेको पूर्वमन्त्री अशोक राईको निजी स्कुल


काठमाडौं। बालेन सरकारले बुद्धनगर बागमती नदीकिनारको सुकुम्बासी बस्तीमा डोजर लगाउँदैछ। उक्त वस्तीमा पूर्वशिक्षामन्त्री आशोककुमार राईको निजी स्कुल रहेको छ। पूर्वमन्त्री राईको स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी)ले पनि सरकारी जग्गा हडपेको पाइन्छ।

बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयर हुँदै राईको एसभी एकेडेमीले सरकारी जग्गा हड्पेको पृष्टि भएको थियो। आधा रोपनीभन्दा बढी सरकारी जग्गा हडयेर पूर्वमन्त्री राई दम्पतीले उक्त स्कुल सञ्चालन गरिरहेको पाइएको थियो। स्वास्थ्य लाइभको विशेष खुलासासँगै सरकारी जग्गा मिच्ने तत्कालीन शिक्षामन्त्री राईको निजी स्कुल स्वप्न बाटिकामाथि बालेनले विशेष चासो राखेर रेखाङ्कन गर्न लगाएका थिए। मेयर हुँदै प्रधानमन्त्री बनेका बालेनले उक्त क्षेत्रमा रहेका भूमाफियाले हडपेर बनाएको अनधिकृत संरचनामाथि डोजर लगाउँदै छ। उक्त डोजरले पूर्वमन्त्री राईले सरकारी जग्गा हडपेर बनाएको निजी स्कूल पनि छाड्न हुँदैन।

काठमाडौं महानगरपालिका वडा नम्बर १० शंखमुल, बुद्धनगर क्षेत्रमामा मापदण्डविपरीतको भवनमा शिक्षामन्त्री राईको निजी स्कुल अहिलेसम्म निर्वाध चलिरहेको देखिन्छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को कित्ता नम्बर १५५,१८८ र ४९० मा करिब १४ आना जग्गा मात्र रहेको छ । यो कुरालाई शिक्षामन्त्री राईकी श्रीमती शुशिला श्रेष्ठले पनि स्वीकार गरेकी छिन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १० मा १४ आना जग्गाको मात्रै तिरो तिरेको देखिन्छ । तर, जनप्रतिनिधि र कर्मचारीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र लिँदा १ रोपनी ५ आना १ दाम जग्गा उल्लेख गरिएको छ । त्यर्हिं आधारामा शिक्षामन्त्री राईको निजी स्कुलले झन्डै आधा रोपनी सरकारी जग्गा हडपेर रजाइँ गरिरहेको छ।

नगर १० सिट नम्बर १०२-११८६-०६ र १०२-११८६-०१ उल्लेखित १८६ र ४८८ नम्बर कित्ताको सार्वजनिक बाटो समेत एसभी एकेडेमीले स्कुलको कम्पाउण्डभित्र हालेर मस्ती गरिरहेको पाइन्छ । ती सिट नम्बरमै रहेका सरकारी/सार्वजनिक प्रकृतिका कित्ताहरू १८७ र ४८८ पनि एसभी एकेडेमीकै कम्पाउण्डभित्र देखिन्छ। उक्त ठाउँमा बालेनको डोजर चल्ने सम्भावना छ।

क्याटेगोरी : समाचार
ट्याग : #स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी)

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ