पूर्वमन्त्री राईको निजी स्कुलले सरकारी जग्गा हडपेको पुष्टि, एक्सन लिने बालेनको तयारी


काठमाडौं । पूर्वशिक्षामन्त्री अशोककुमार राईको निजी स्कुलले सरकारी जग्गा हडपेको पुष्टि भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा नापी र वडाका प्रतिनिधिले नापजाँच गर्दा राई परिवारको स्वप्न बाटिका (एसभी एकेडेमी) नामक निजी स्कुलले सरकारी जग्गा हडपेको पाइएको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरीसहितको टोलीले नापी गर्दा पूर्वशिक्षामन्त्री राईको निजी स्कुलले आधा रोपनीभन्दा बढी सरकारी जग्गा हडपेको फेला परेको छ ।

स्वास्थ्य लाइभले तत्कालीन शिक्षामन्त्री राईको निजी स्कुलले सरकारी जग्गा हडपेर रजाईँ गरिरहेको तथ्य सार्वजनिक गरेको थियो । स्वास्थ्य लाइभमा उक्त समाचार प्रकाशित भएसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि मेयर बालेनले समेत चासो देखाएको थियो । उनकै चासो र सक्रियतामा शिक्षामन्त्री समेत रहेका राईको निजी स्कुलले सरकारी जग्गा हडपेको फेला पारेको हो । उनकी श्रीमती एवं जनता समाजवादी पार्टी(जसपा), नेपालबाट प्रतिनिधि सभाको समानुपातिक सांसद रहेकी सुशिला श्रेष्ठको नाममा रहेको उक्त निजी स्कुल सरकारी जग्गा हडपेर चलिरहेको पुष्टि भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारी जग्गा हडप्ने निजी स्कुलमाथि डोजर लगाउने संकेत गरेका छन् । स्वास्थ्य लाइभको विशेष खुलासासँगै सरकारी जग्गा मिच्ने तत्कालीन शिक्षामन्त्री राईको निजी स्कुल स्वप्न बाटिकामाथि बालेनले विशेष चासो राखेको उनको सचिवालयले जनाएको छ । उनको चासोपछि स्वप्न बाटिका स्कुलको यथार्थ बाहिर आएको छ । बालेनले कुनैपनि बेला सरकारी जग्गा हडप्ने शिक्षामन्त्री राईको निजी स्कुलमा डोजर लगाउन सक्ने महानगरका अधिकारीहरू दाबी गर्छन् ।

निर्वतमान शिक्षामन्त्री राईको स्वप्न बाटिका स्कुल आवासीय प्रयोजनका लागि बनाएको घरमा स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी) चलाएको देखिन्छ । आवासीय प्रयोजनका लागि निर्माण सम्पन्नको प्रमाणपत्र लिएको भवनमा राई दम्पतीले एसभी एकेडेमी नामक स्कुल सञ्चालन गरेको पाइन्छ । अहिले पनि काठमाडौं महानगरपालिका वडा नम्बर १० शंखमुल, बुद्धनगर क्षेत्रमामा मापदण्डविपरीतको भवनमा राईको निजी स्कुल अहिलेसम्म निर्वाध चलिरहेको देखिन्छ । उक्त स्कुलको संस्थागत शैक्षिक भवन नभएकाले बालेन ले प्रयोजनविपरीतको भवनमा सञ्चालित एसभी एकेडेमी तत्काल बन्द गराउन सक्छन् ।

 

अर्कोतिर एसभी एकेडेमी सञ्चालनम रहेेको भवन अवैध र निर्मण सम्पन्न प्रमाणपत्रविपरीत छ । आवसीय प्रयोजनका लागि ४ तले भवनको निर्माण सम्पन्न प्रमाणपत्र लिएर ६ तले बनाइएको छ । उक्त भवनमा डोजर लगाउन बालेनलाई कुनै आइतबार कुर्नु नपर्ने टिप्पणी हुन थालेको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अशोक राई, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #सांसद सुशिला श्रेष्ठ, #स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com