इन्दिराको रिट खारेजसँगै सहसचिव सिफारिस भए


काठमाडौं। मधेशी कोटाबाट नेपाल न्याय सेवा, कानुन समूहको सहसचिवमा लिखितमा नाम निकालेकी इन्दिरा यादवका कारण लामो समयदेखि सहसचिवको सिफारिस हुन सकेको थिएन। प्रस्तुतीकरण र अन्तर्वार्ता सकिएपछि पनि सहसचिवको सिफारिस हुन सकेको थिएन। सर्वोच्च अदालतले इन्दिराले हालेको रिट खारेज गरिदिएसँगै लोक सेवा आयोगले सहसचिव सिफारिस गरेको हो।

लोक सेवा आयोगका अनुसार इन्दिराको सहसचिव हुने अनुभव नपुगेको हो। आयोगले इन्दिराको अनुभव लोक सेवा आयोग कार्य सञ्चालन निर्देशिका, २०७९ परिच्छेद-४, विज्ञापन प्रकाशन तथा दरखास्त फारामको छानबिन तथा स्वीकृतिसम्बन्धी व्यवस्थाको दफा ११ को उपदफा ५ को खण्ड (ज)मा तोकिएको अनुभवसँग मिल्दो नदेखिएकोले योग्यताक्रमको सूचीबाट हटाउने निर्णय गरेको पाइन्छ। आयोगले इन्दिरालाई मामिला प्रस्तुतीकरण र अन्तर्वार्तामै रोक्न खोजेको थियो। अदालतको आदेशले उनलाई उक्त प्रक्रियामा सहभागी गराइएको थियो। इन्दिरा कै कारण सहसचिव सिफारिस गर्न ढिला भयो। सर्वोच्चले रिट खारेज गरेसँगै इन्दिरालाई योग्यताक्रमको सूचीबाट हटाएर नुतन झालाई मधेशी कोटाबाट नेपाल न्याय सेवा, कानुन समूहको सहसचिवमा सिफारिस गरेको हो।

इन्दिरा कै कारण गत फागुनमै आउनु पर्ने सहसचिवको नतिजा जेठमा पुगेको हो। तर नतिजा भने नुतनले आफूतिर पारेकी छिन्। नजिता कुरेर बसेका प्रशासन, संसद् र लेखापरीक्षणतिरका भने मारमा परेकाे पाइन्छ।

इन्दिरा आरक्षणमा ह्याट्रिक हान्ने इन्द्रदेव यादवकी श्रीमती हुन्। उनी अहिले महोत्तरीको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन्। त्यसैले लक्षित वर्गका लागि ल्याइएको आरक्षण त्यो समुदायको लक्षित वर्गले पाउने गरी राज्यले नीति तथा कानुन बनाउन ढिला भइसकेको छ। पूर्वसचिव लक्ष्मण अर्यालकी श्रीमती निता पोखरेल अर्याल पनि महिला कोटाबाट सहसचिव भएकी थिइन्। लक्षित वर्गलाई भने उक्त आरक्षणले छोएको पाइँदैन। यो विषयमा राज्यको ध्यान जान जरुरी छ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्दिरा यादव, #नुतन झा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ