खारेज भइसकेको पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बन्ने दौडमा होमिएकाहरू


काठमाडौं। पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी भएपछि कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी पदमुक्त भए। तत्कालीन माओवादी केन्द्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सेटिङमा पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बनेका जोशी नयाँ नियमावली स्वीकृत भएसँगै पदमुक्त भएका हुन्। पचण्ड पुत्री रेणु दाहालको ‘सोर्स-फोर्स’मा पशुपति क्षेत्रको कार्यकारी निर्देशकमा छिरेका जोशी सदस्यसचिव बन्न दौडधुपमा लागिसकेका छन्।

पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ जारी भएसँगै कार्यकारी निर्देशक पद खारेजीमा परेको छ। मन्त्रियस्तरीय निर्णयअनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका पर्यटनमन्त्री खड्कराज पोडेल (गनेस) ले नयाँ नियमावली जारी गरेका हुन्। कोषको नयाँ नियमावलीअनुसार कार्यकारी निर्देशकको पद हटिसकेेको छ। तर, हुँदै नभएको कार्यकारी निर्देशक बन्नका लागि झन्डै डेढ सय व्यक्तिले आवेदन दिएर दौडमा होमिएको पाइएको हो। ठूलो संख्यामा ‘हुस्सु’ बनेकाहरू कोषको कार्यकारी निर्देशक बनेर कोष हाँक्न तम्सिएका छन्।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बन्नका लागि नवीनकुमार झा, दिलपकुमार पौडेल, समिर पौड्याल, राजेशचन्द्र मरासिनी, टापेन्द्रप्रसाद रिजाल, महेन्द्रप्रसाद रिजाल, अग्रता शर्मा, ललिता रिजाल, योगेश राना मगर, राजेन्द्र गजमेर, कुलभूषण शेखर शर्मा, सिर्जना पाण्डे, सिर्जन पौडेल, ऋषिराज पाण्डे, सुस्मिता खड्का, मञ्जित पुन, नवाफ सरिफ हुसेन, श्री कैहुन साह, विजय पौडेल, अशोक खड्गी, जेनिशा घिमिरे, निशा कर्माचार्य, भोलेन्द्र कुमार महतो, रमेशकुमार महतो, प्रताप छत्खुली, अनन राई र कुन्दन पण्डितले आवेदन दिएका छन्।

कैलाश तिमिल्सिना, खेमराज अवस्थी, बलबहादुर ठकुराठी, अशोककुमार झा, प्रदीप ढकाल, यमनाथ ओली, सूर्यकुमार सापकोटा, केशवप्रसाद रिमाल, रामचन्द्र लामिछाने, आदर्श ठाकुर, मन्दिप बस्नेत, सलोन रिजाल, दिलिपकुमार यादव, दिपक अर्याल, राजेशकुमार साह, अनिशा पब्लाब, राकेश तिवारी, भीमराज बाँस्तोला, सुवोध बञ्जरा, उपेन्द्रराज जोशी, शंखलाल उपाध्याय र राम सिंह ठगुन्नाले पनि कार्यकारी निर्देशकमा दाबी गरेका छन्।

रामबहादुर घिमिरे, सिर्जनादेवी अधिकारी, कृष्णप्रसाद त्रिपाठी, सन्दिप पौडेल, बालकृष्ण गजुरेल, अमिर रायामाझी, रुद्र अधिकारी, सुशील ढुंगाना, मनोका भुजेल, खगेन्द्रप्रसाद लुईंटेल, ध्रुवप्रसाद भट्टराई, दुर्जमान तामाङ, सुरेन्द्र कार्की, विदुर खड्का, प्रतिमा राई, नन्दराज थपलिया, सञ्जीव कार्की, अनिता तिवारी खड्का, नवीन सुवेदी, तुलराज अधिकारी, सुलभ पौडेल, धर्मानन्द अवस्थी, निराजन खत्री, अनु पौडेल, राजीवकुमार यादव र सुनिल खतिवडाले कार्यकारी निर्देशकमा आवेदन दिएका हुन्।

रञ्जित ठाकुर, मुक्तिनाथ घिमिरे, नारायणप्रसाद रेग्मी, भगिरथ प्रताप सिंह, दिपेश केसी, सविता अधिकारी, रामकृष्ण शर्मा, भेषराज आचार्य, दिपक भट्टराई, प्रभावकर भण्डारी, सूर्य महर्जन, प्रभाकर थापा, अस्मिता पाण्डे, प्रदीप राई, सन्देश घिमिरे, आदर्शकुमार पंकज, माधवप्रसाद पाण्डे, अनिता खड्का, कविता शिवाकोटी, गोविन्द खनाल र मनोजकुमार आचार्य कार्यकारी निर्देशकमा आवेदन दिनेमा पर्छन्।

त्यस्तै हुँदै नभएको कार्यकारी निर्देशक पदमा केशराकुमारी अर्याल, कामेश्वर यादव, सुशिला न्यौपाने, ध्रुवराज पराजुली, टंकप्रसाद पौडेल, अजाद थापा, भोजबिक्रम थापा, घनश्याम खतिवडा, गणेश बदादुर बिष्ट, रोजी केसी, अनिता कुँवर, रेशु खतिवडा, हरिप्रसाद जोशी, कौशिला रिसाल, विनिता मगैया, सुभाष कोइराला, रनु पाण्डे, स्मारिका अधिकारी, रामप्रसाद पौडेल, बमशंकर यादव र प्रकाश खड्काले दाबी गरेका छन्।

त्यसैगरी रेडिमा निरौला, अञ्जु मिश्र, गोविन्द कार्की, रोशन साह, रामेश्वरी त्रिपाठी, समिक्षा फुयाँल, नारायण केसी, किरण चालिसे, सन्तोष बहादुर क्षेत्री, टंक भुसाल, सोनु कुमार साह, विष्णुबहादुर नेपाली, चेतनारायण आचार्य, द्वारिका अधिकारी, सन्तोष यादव, हेमप्रभा पाण्डे, पूजा अमात्य, निरू माया हमाल र रमण अधिकारी पनि कार्यकारी निर्देशक पदका दाबेदार हुन्।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बन्न नपाए पनि उनीहरूले उक्त पदमा आवेदक बनेर सरकारलाई आफ्नो असली क्षमता र परिचय दिएका छन्। पद नै अस्तित्व नै ठम्याउन नसक्नेहरू कार्यकारी निर्देशक बनेर कोष हाँक्न दौडिएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : ## पशुपति क्षेत्र विकास कोष

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ