सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा ३ सहसचिव
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तीन जना सहसचिव रहेका छन्। हाल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको उक्त मन्त्रालयको अतिरिक्तमा तीन सहसचिवले हाजिर गरिरहेका छन्। सामान्यको अतिरिक्तमा रहेका सहसचिवहरू नेपाल प्रशासन सेवाका सुशील ढकाल, विविध समूहका श्रीचन्द्र साह र इन्जिनियरिङ समूहका बैकुण्ठ अर्याल हुन्।
सहकारी विभागका रजिष्ट्रार रहेका ढकाललाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याएको केही हप्ता मात्र भएको छ। राष्ट्रपति कार्यालयमा बसेर सहकारी विभाग पुगेका ढकाल सामान्यको अतिरिक्तमा पुऱ्याइएका छन्। अझै ६ महिना बढी जागिर रहेका ढकाल सामान्यको अतिरिक्तमा हाजिर गर्न थालेका हुन्।
सूचना प्रविधि विभागको महानिर्देशकबाट अर्थ मन्त्रालय वा अन्तर्गत सरूवा भएका आईटीका सहसचिव श्रीचन्द्र साह पनि सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा हाजिर गर्दै आएका छन्। आन्तरिक राजस्व विभागमा पठाइनुपर्ने सहसचिव साहलाई अर्थ मन्त्रालयले हाजिर नगराएपछि उनी सामान्यकै अतिरिक्तमा हाजिर गर्दै आएका हुन्। उपसचिव हुँदा अर्थमै बसेका साहलाई अहिले हाजिर नगाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनी लामो समयदेखि सामान्य प्रशासन मन्त्रालयतिर हल्लिरहेका छन्।
इन्जिनियरिङ समूहका सहसचिव बैकुण्ठ अर्याल समेत सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएका छन्। यसै आर्थिक वर्षमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल समूहमा बढुवा भएका अर्याललाई गम्भीर प्रकृतिको रोग लागेकाले सामान्यको अतिरिक्तमा राखिएको स्रोतले बनायो।
सामान्यको अतिरिक्तमा रहेका ३ सहसचिव
🌑सुशिल ढकाल,
🌑श्रीचन्द्र साह,
🌑बैकुण्ठ अर्याल
क्याटेगोरी : समाचारट्याग : #बैकुण्ठ अर्याल, #श्रीचन्द्र साह, #सुशिल ढकाल


तपाईको प्रतिक्रिया दिनुहोस