सिडिओ भट्टराईसहित यी हुन् चालू आर्थिक वर्षमा घर जाने प्रशासनका उपसचिवहरू


काठमाडौं। कालिकोटका प्रमुख जिल्ला अधिकारी(सिडिओ) झविलाल भट्टराईसहित चालू आर्थिक वर्षमा ५ दर्जन नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा उपसचिवहरू घर जाने सूचीमा परेका छन्। ५८ वर्ष पूरा गरेर ठूलो संख्यामा उपसचिवहरू अवकाशमा जान लागेका हुन्।

चालू आर्थिक वर्ष २०८३/८४ को सुरूवातमै भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा रहेका उपसचिव रामचन्द्र अधिकारी अवकाशमा जान लागेका हुन्। कास्कीको मालपोत प्रमुख हुँदा अधिकारी लिचीबारी जग्गा विवादमा परेका थिए। भ्रष्टाचार मुद्दामा डामिएका अधिकारी निलम्बन कै अवस्थामा साउन १४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

रामेछापको मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा साउन २१ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। गृह मन्त्रालय अन्तर्गतका उपसचिव अरूण सापकोटा साउन ३१ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। केही समय अघि ओखलढुङ्गा सहायक प्रमुख जिल्ला अधिकारी भूमिका रहेका सापकोटा अहिले ‘अज्ञात’ छन्।

भदौ २ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव कृष्णकुमार पौडेल अनिवार्य अवकाशमा जाँदैछन्। सर्लाहीका जिल्ला समन्वय अधिकारी कमलबहादुर कार्की भदौ ७ गते अवकाशमा जाने सूचीमा छन्।

सामान्य प्रशासन मन्त्रालयका उपसचिव मोहन कुमार घिमिरे भदौ ८ गते ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतम भदौ ९ गते अवकाशमा जाने सूचीमा छन्।

भूमि व्यवस्था मन्त्रालयका उपसचिव जीवनराज सेढाइ भदौ १३ गते ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। लोक सेवा आयोग उपसचिव कुलप्रसाद सापकोटा भदौ १३ गते र ज्ञानेन्द्र पराजुली भदौ २१ गते अवकाशमा जाने सूचीमा छन्। यातायात व्यवस्था कार्यालय भेरी, बाँकेका प्रमुख पवन सुवेदी भदौ २४ गते र राष्ट्रिय कितावखाना निर्देशक राजेश भट्टराई भदौ २७ गते अनिवार्य अवकाशमा जाँदैछन्।

कार्तिकमा महालेखा नियन्त्रक कार्यालयका उपसचिव विष्णुप्रसाद ज्ञवाली, लोक सेवा आयोगका बालकृष्ण ढकाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका रामप्रसाद आचार्य अनिवार्य अवकाशमा जाने सूचीमा छन्। महालेखा नियन्त्रक कार्यालयको प्रशासन हेर्ने उपसचिव विष्णुप्रसाद ज्ञवाली कार्तिक २१ गते, लोक सेवा आयोग उपसचिव बालकृष्ण ढकाल कार्तिक २२ गते र स्वास्थ्य मन्त्रालय उपसचिव रामप्रसाद आचार्य कार्तिक २७ गते ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उपसचिव पर्वप्रसाद सापकोटा मंसिर १ गते, उद्योग मन्त्रालयकी उपसचिव कविता निरौला ढुंगेल मंसिर ९ गते, सामान्यको अतिरिक्तमा रहेकी गीता गुरूङ र भूमिका अशोककुमार भट्टराई मंसिर ११ गते, प्रदेश प्रमुखको कार्यालय विराटनगरका उपसचिव नारायणप्रसाद भट्टराई मंसिर १६ गते भूमि प्रशासन अधिकृत कास्की लेखनाथका प्रमुख पूर्णबहादुर केसी मंसिर २५ गते र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईं मंसिर २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई पुस २ गते, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल पुस ४ गते, सामान्यको अतिरिक्तमा रहेका उपसचिव देवीप्रसाद गौतम पुस १४ गते र लोक सेवा आयोग उपसचिव रेवती रमण पोखरेल पुस २१ गते ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग उपसचिव पवित्रा खनाल माघ ११ गते, भोजपुर जिल्ला समन्वय अधिकारी गोपाल दाहाल माघ ११ गते शुक्लागण्डकी नगरपालिका तनहुँका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल माघ २४ गते र उपसचिव विष्णुप्रसाद भुसाल माघ २४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

धुनीबेशी नगरपालिका धादिङका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनाल फागुन ११ गते, महोत्तरी बर्दिवास प्रमुख भूमि प्रशासन अधिकृत रमेश प्रसाद गौतम फागुन १८ गते र भूमिका उपसचिव नरेन्द्र पौडेल फागुन २८ गते ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।

लोक सेवा आयोग रुपन्देही उपसचिव राजकुमार अधिकारी चैत ४ गते, कालिकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई चैत १४ गते र चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा चैत १६ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभाग उपसचिव कृष्णप्रसाद भण्डारी २०८४ साल बैशाख १ गते, इलाका प्रशासन कार्यालय दमक, झापा प्रमुख विश्वराज नेपाल बैशाख १४ गते, वन मन्त्रालय उपसचिव टेकप्रसाद पुलामी बैशाख १५ गते, जाजरकोटका जिल्ला समन्वय अधिकारी खगेन्द्रराज जोशी बैशाख १६ गते, गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा बैशाख २० गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

गृहका उपसचिव जनकराज पन्त जेठ ३ गते, अख्तियारका उपसचिव विनोद गौतम जेठ ७ गते, शिवराज नगरपालिका कपिलबस्तुका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे जेठ १४ गते, उपसचिव देवीबहादुर भण्डारी जेठ १५ गते र प्रेमकाजी महर्जन जेठ १६ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी जेठ २६ गते र चितवनका जिल्ला समन्वय अधिकारी नमराज सापकोटा जेठ २८ गते ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।

अर्जुनधारा नगरपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरे असार १ गते, राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव अर्जुनप्रसाद रिजाल असार ५ गते, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अर्जुन निरौला असार ८ गते, दक्षिण कोरियाको श्रम काउन्सेलर मैयाँ कँडेल असार ९ गते र उद्योग मन्त्रालय उपसचिव जोरा सिंह माझी असार ११ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अनुज कुमार घिमिरे, #अशोककुमार भट्टराई, #कृष्णप्रसाद चापागाई, #कृष्णप्रसाद भण्डारी, #गोपाल दाहाल, #चिरञ्जीवी शर्मा, #जीवराज सेढाई, #जोरा सिंह माझी, #झविलाल भट्टराई, #देवर्षि सापकोटा, #देवी बहादुर भण्डारी, #नवराज बराल, #नेत्रप्रसाद शर्मा, #पर्व प्रसाद सापकोटा, #पवित्रा खनाल, #पुरूषोत्तम सुवेदी, #पूर्णबहादुर केसी, #मैयाँ कंडेल, #मोहनकुमार घिमिरे, #रामचन्द्र अधिकारी, #रामप्रसाद आचार्य, #विष्णुप्रसाद ज्ञवाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ