बालेन मेयर हुँदा प्रमुख प्रशासकीय अधिकृत रहेका भटाभट घर जाँदै


काठमाडौं। हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मेयर हुँदा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेकाहरू भटाभट घर जान लागेका छन्। बालेन मेयर हुँदा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा क्रमशः लोकनाथ पौड्याल, बसन्त अधिकारी, प्रदिप परियार र सरोजप्रसाद गुरागाईं रहेका थिए। परियार प्रधानमन्त्री बालेनको निजी सचिव छन् भने बाँकी लाइन लागेर भटाभट घर जाने तयारीमा छन्।

बालेनलाई मेयरको रूपमा स्वागत गरेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल बुधबार बेलुकाबाट घर जाँदैछन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव पौड्याल आजै बेलुकाबाट ५८ वर्ष लागेर घर जान लागेका हुन्। २०२५ साल साउन ७ गते झापामा जन्मिएका पौड्याल प्रधानमन्त्री कार्यालयको जगेडाबाटै घर जाने भएका छन्। उनी भोलिबाट प्रधानमन्त्री कार्यालयको ‘होल्डिङ-सेन्टर’मा भेटिने छैनन्।

बालेन मेयरबाट बाहिरएर प्रधानमन्त्रीको यात्रा तय गर्दै गर्दा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका सरोजप्रसाद गुरागाईं दुई हप्ताभित्र घर जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने सूचीमा छन्। काठमाडौं कै रैथाने प्रमुख प्रशासकीय अधिकृत गुरागाईं झन्डै २ वर्ष काठमाडौं महानगरपालिकामा विताएर घर जान लागेका हुन्।

बालेन मेयर भएपछि पौड्याललाई बिदाइ गरेर प्रमुख प्रशासकीय अधिकृतमा स्वागत गरेका बसन्त अधिकारी पनि अवकाशमा सूचीमा छन्। उनी चालू आर्थिक वर्षभित्रै घर जाने भएका हुन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सहसचिव) बसन्त अधिकारी वैशाख १५ गते अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्। उनी एक वर्षभित्रै घर जाने सूचीमा रहेका हुन्।

बालेन मेयर हुँदाका प्रमुख प्रशासकीय अधिकृत परियारबाहेक पौड्याल, गुरागाईं र अधिकारी भटाभट घर जान लागेका हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #बसन्त अधिकारी, #लोकनाथ पौड्याल, #सरोजप्रसाद गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ