रित्तिँदै प्रधानमन्त्री कार्यालयमा जगेडाका सचिव


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सचिवहरू रित्तिन थालेका छन्। प्रधानमन्त्री कार्यालयको जगेडामा रहेका सचिव कृष्णहरि पुष्कर कर्ण अवकाशमा गएको दुई साता बढी हुन लागेको छ। अर्का सचिव लोकनाथ पौड्याल घर गइसकेका छन्। सचिव पौडयाल ५८ वर्ष पूरा भएर आजबाट अनिवार्य अवकाशमा गएका छन्।

जगेडामा रहेका सचिव हरिप्रसाद मैनाली र गोविन्दप्रसाद शर्माको पनि ‘काउनडाउन’ सुरू भइसकेको छ। मैनाली २ सातामा र शर्मा ३ सातामा घर जाने सूचीमा छन्। दुबै सचिव ५ वर्ष पूरा गरेर अनिवार्य अवकाशमा जान लागेका हुन्। अन्यन्त्र व्यवस्थापन नभए प्रधानमन्त्री कार्यालयको जगेडामा सचिव राधिका अर्याल मात्र बाँकी रहने अवस्था देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ