स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा निजामती सेवाको कर्मचारी खटाउन राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन
काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा निजामती सेवाको कर्मचारी खटाउन निर्देशन दिएको छ। केन्द्रले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उक्त निर्देशन दिएको हो।
स्थानीय तहहरुले स्वास्थ्य सेवाका कर्मचारीलाई जेष्ठता कायम हुने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा आर्थिक र प्रशासनिक अधिकारसहित गैरकानुनी रूपमा खटनपटन गरिएको विषयमा केन्दले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा निजामती सेवाको कर्मचारी खटाउन निर्देशन दिएको पाइएको छ। केन्द्रले स्थानीय तहमा कानुनले तोकिए बमोजिमका अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउँदा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४(४) तथा निजामती सेवा ऐन, २०४९ को दफा ३ तथा नियमावली २०५० को नियम ४६ मा उल्लिखित प्रावधान अनुसार निजामती सेवाका कर्मचारीलाई खटाइ सोको जानकारी दिन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो।
केन्द्रको निर्देशनले स्थानीय तहमा निमित्तको खेती रोकिने सम्भावना बढेको छ।


तपाईको प्रतिक्रिया दिनुहोस