नवप्रवर्तन मन्त्रालय संगठन संरचना स्वीकृत गर्ने दोस्रो सूचीमा


काठमाडौं। विज्ञान , प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो संगठन संरचना तथा दरवन्दी तेरिज स्वीकृत गर्ने दोस्रो सूचीमा परेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयपछि उक्त मन्त्रालय संगठन संरचना तथा दरवन्दी तेरिज स्वीकृत गर्ने दोस्रो मन्त्रालय बनेको हो।

आज साउन ११ गते विज्ञान , प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो संगठन संरचना तथा दरवन्दी तेरिज स्वीकृत गरी औपचारिक दर्ताको लागि राष्ट्रिय किताबखानामा पठाएको छ। यस बिषयलाई राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले पुष्टि गरेका छन्। आजै उक्त मन्त्रालयको पदनाम दर्ता समेत गरिसकिएको राष्ट्रिय किताबखानाले जनाएकाे छ।

फास्ट ट्रयाक दर्ताको लागि राष्ट्रिय किताबखानाले तालीम प्राप्त जनशक्तिको विशेष कार्य समूह नै बनाएको छ। महावीर पुनले नेतृत्व गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको स्वीकृत संगठन संरचनामा इन्जिनियरिङ सेवाको विशिष्ट श्रेणीको एक सचिव र दुई सहसचिव, प्रशासन सेवाको १ सहसचिव गरी ३ सहसचिवसहित कुल ९० दरवन्दी कायम गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ