दुई विभागका आईटी निर्देशकको सरूवा
काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र भूमि व्यवस्थापन विभागका सूचना प्रविधि (आईटी) निर्देशकको सरूवा भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका आईटी निर्देशक (उपसचिव) लोकराज शर्माको भूमि व्यवस्थापन विभागमा सरूवा भएको छ। त्यस्तै भूमि व्यवस्थापन विभागका आइटी निर्देशक गिरिशकुमार झा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका छन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा अर्को सूचना प्रविधि निर्देशक पठाइएको छैन। राम थापा उक्त विभागमा अर्का निर्देशक तहका कर्मचारी रहेकाले उनलाई जिम्मेवारी दिन नपठाइएको हुनसक्छ।
भूमि व्यवस्थापन विभागका आईटी निर्देशक झाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर उक्त ठाउँमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका आईटी निर्देशक (उपसचिव) लोकराज शर्मालाई पठाइएको हो। भूमि व्यवस्थापन विभाग कै कम्प्युटर इन्जिनियर बलराम काफ्लेको सञ्चार मन्त्रालय सरुवा भएको ६ महिना बढी भएपनि उनी अझै विभागमा कार्यरत रहेका छन्। यसले सरुवा व्यवस्थापनमा चुनाैती थपेको हो।
क्याटेगोरी : समाचारट्याग : #गिरिशकुमार झा, #लोकराज शर्मा


तपाईको प्रतिक्रिया दिनुहोस