गृहबाट एक सिडिओसहित ३ सहसचिव आउट, २ सहसचिव पुगे गृह
काठमाडौं। गृह मन्त्रालयबाट एक प्रमुख जिल्ला अधिकारीसहित ३ सहसचिव आउट भएका छन्। सुर्खेतका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशी गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुली र नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुमन घिमिरे आउट भएका हुन्।
सिडिओ जोशीको सुदूरपश्चिम प्रदेश सरूवा गरिएको छ। गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुलीको राष्ट्रिय महिला आयोग र सुमन घिमिरेको नेपाल ट्रष्टको कार्यालयमा सरूवा भएको हो।
गृह मन्त्रालयमा भने राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र उपराष्ट्रपति कार्यालयका चिरञ्जीवी पौडेल भित्रिएका छन्। सरकारले २३ सहसचिवको सरूवा गर्दा गृहबाट ३ जना सहसचिवलाई निकालेर २ जनालाई गृह पठाएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस