उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी अनिवार्य अवकाशमा


काठमाडौं। उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी अनिवार्य अवकाशमा गएका छन्। उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश राजभण्डारी ६३ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका हुन्। उच्च अदालतका न्यायाधीश ६३ वर्षसम्म मात्र सेवामा रहन पाउने व्यवस्थाका कारण उनी अनिवार्य अवकाशमा गएका छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव समेत भइसकेका ऋषि राजभण्डारी २०७७ फागुनमा उच्च अदालतको न्यायाधीश बनेका हुन्। साढे ५ वर्ष उच्च अदालतमा सेवा गरेर राजभण्डारी अनिवार्य अवकाशमा गएका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ