स्मार्ट सेल प्रकरणमा एनटीएका पूर्वअध्यक्ष भण्डारी पक्राउ


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वअध्यक्ष भण्डारीलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।

स्मार्ट टेलिकममा भएको घोटालाबारे अनुसन्धान गरिरहेको सिआईबीले उक्त प्रकरणमा जोडिएका भण्डारीलाई पक्राउ गरेको हो। सरकारको स्वामित्वमा आइसकेको स्मार्टको सम्पत्ति लिलामीका लागि अनुमति दिएको भण्डारीमाथि आरोप छ। उनलाई पक्राउ गरेरै सिआईबीले अनुसन्धान अघि बढाएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ