न्याय समूहका दुई सचिव रिक्त, कहिले होला बढुवा?
काठमाडौं। नेपाल न्याय सेवा, न्याय समूहका दुई विशिष्ट (सचिव) रिक्त भएका छन्। न्याय परिषद्को सचिवालयको सचिव र सर्वोच्च अदालतको एक रजिष्ट्रार रिक्त हुन पुगेको छ। न्याय परिषद्का सचिव जीतेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो। सर्वोच्च अदालतको रजिष्ट्रार (सचिवसरह) मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा भएपछि उक्त पद पनि रिक्त हुन पुगेको हो।
न्याय समूहको सचिवका लागि ४ जना सहसचिवबीच प्रतिस्पर्धा हुनेछन्। एकैदिन सहसचिव भएका गजेन्द्रबहादुर सिंह, ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल सचिव बढुवाका मुख्य दाबेदार हुन्। उनीहरू २०७४ जेठ १९ गते एकैदिन सिंह, कट्टेल, भट्टराई र दाहाल न्याय समूहको सहसचिव बनेका थिए। उनीहरूमध्ये २ जना सचिव बन्नेछन्।
सरकारले प्रशासनिक संरचना पुनरावलोकन गरिरहेकाले न्याय समूहमा पनि विशिष्ट श्रेणीको दरबन्दी एकिन हुन बाँकी छ। सचिव बढुवामा उक्त फ्याक्टरले काम गरेको हुन सक्छ। भदौ लागेपछि सचिव बढुवाको प्रक्रिया अघि बढ्ने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस