विद्योदय एलुम्नाई समाजद्वारा मुख्य सचिव कार्की सम्मानित


काठमाडौं। मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई विद्योदय एलुम्नाई समाजले सम्मान गरेको छ। विद्योदय माध्यमिक विद्यालय (मावि) भोजपुरका पूर्वविद्यार्थी कार्कीलाई मुख्य सचिव भएको उपलक्ष्यमा विद्योदय ‘एलुम्नाई’ समाजले सम्मान गरेको हो।

विद्योदय एलुम्नाई समाजद्वारा आयोजित मुख्य सचिव कार्कीलाई बधाई एवं सम्मान कार्यक्रममा विद्योदय माध्यमिक विद्यालयका पूर्वविद्यार्थी एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला, पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वराजदूत भिम उदासलगायतको उपस्थिति रहेको थियो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वसञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शेरधन राईलगायत उच्च ओहोदामा पुगेका मुर्धन्य व्यक्तित्वहरू विद्योदय माविकै पूर्वविद्यार्थी हुन्।

२०८३ असार २४ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई मुख्य सचिवमा बढुवा गरेको थियो। कार्की नेपाल सरकारको ३० औं मुख्यसचिव हुन्। भोजपुरको विद्योदय माध्यमिक विद्यालय पढेका मुख्य सचिव कार्कीलाई आइतबार विद्योदय एलुम्नाई समाजले बधाई तथा सम्मान गरेको हो। उक्त समाजका अध्यक्ष प्रमेश केसी रहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ