निलम्बित सचिव घिमिरे ४ लाख धरौटीमा छुटे


काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कर छुट प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका सचिव डण्डुराज घिमिरे ४ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। विशेष अदालतले सचिव घिमिरेसँग ४ लाख रुपैयाँ धरौटी मागको थियो। उक्त धरौटी बुझाएर उनी रिहा भएका हुन्।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले निलम्बित सचिव घिमिरेसँग ४ लाख रुपैयाँ धरौटी मागेको हो। भ्रष्टाचार मुद्दा लाग्दा घिमिरे गण्डकीको प्रमुख सचिवको भूमिकामा थिए। उनी निलम्बनमा परेपछि भूपाल बराल गण्डकी प्रदेशको प्रमुख सचिव भएर गएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कर छुट प्रकरणमा घिमिरेसहित तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वसचिव शंकरप्रसाद अधिकारी, केवलप्रसाद भण्डारीलगायत १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। निलम्बनमा परेको दुई महिनापछि घिमिरे अदालतमा उपस्थित भएर धरौटीमा रिहा भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ