पर्यटन मन्त्रालयले गऱ्यो उपसचिवको दरबन्दी मिलान
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयॅा संठगन तथा व्यवस्थापन सर्भेक्षण (ओएन्डएम) स्वीकृत भएपछि उपसचिव प्रशासन तथा प्राविधिक) हरूको दरबन्दी मिलान गरेको छ। मन्त्रालयमा दरबन्दी मिलान गरेपछि ठूलो संख्यामा उपसचिवको सरूवा गरिएको हो।
ओएन्डएम स्वीकृतिको प्रकृयामा रहेकै अवस्थामा केही दिनअघि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका प्रशासन तर्फका ५ उपसचिवको अन्यत्र र मातहतमा १ उपसचिवको सरूवा गरेको थियो। मन्त्रालयको प्रशासन हेर्ने उपसचिव गोकर्ण उपाध्यायको लम्कीचुहा नगरपालिका, सुशासन शाखाका लिलाधर अवस्थीको मालपोत कार्यालय कन्चनपुर सरूवा गरिएको छ। दुवै जना सुदुरपश्चिम प्रदेशका बासिन्दा रहेकाले बद्रीप्रसाद पाण्डे मन्त्री हुँदा पर्यटन भित्रिएका थिए। यसैगरि संस्कृति शाखामा कार्यरत उपसचिव निर्मला न्यौपानेको मालपोत कार्यालय मनमैजु, पर्यटन विभागका हिमाल गौतमको महाराजगंज नगरपालिका कपिलबस्तु र नारायणहिटी दरवार संग्रहालयका उपसचिव रमेश पाण्डेयको जैमिनी नगरपालिका सरूवा गरिएको थियो। त्यस्तै मन्त्रालय अन्तर्गतमा उपसचिव हरि चापागाई भित्रिएका थिए।
मन्त्रालय स्रोतका अनुसार अब संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतमा प्रशासन तर्फ ९ उपसचिव, पुरातत्व तर्फ १४ उपसचिवको दरबन्दी कायम भएको छ। मंगलबार निर्णयले मन्त्रालयमा सरूवा भई लामो समय पदस्थापन हुन नसकेका उपसचिव शोभाकर रेग्मी प्रशासन शाखा हेर्ने गरि मन्त्रालयमै पदस्थापित भएका छन्। पर्यटन प्रबर्धन प्रवर्द्धन शाखामा कार्यरत सुरज घिमिरे पर्यटन विभाग पुगेका हुन्। प्रतिलिपि अधिकारबाट उपसचिव सबिता कार्कीलाई पर्यटन प्रवर्द्धन शाखा तोकेरै मन्त्रालय भित्र्याईएको छ। यसैगरि नारायणहिटी दरवार संग्रहालयमा राजाप्रसाद सेवादेखिनै कार्यरत उपसचिव ज्योती रावल र अमृत महर्जनको त्यहाँको प्रशासनको दरबन्दी कटौती भए पछि फाजिलमा परि बिल्लीबाठ हुनबाट जोगिएका छन्। दरवारकालदेखि नै रैथाने भई सोही स्थानमा रहेका ज्योतीलाई पुरातत्त्व विभागमा प्रशासन तथा योजना शाखा हेर्ने गरि नयाँ सिर्जना गरिएको दरवन्दीमा सरूवा गरि फाजिल व्यवस्थापन गरिएको छ। अमृतलाई मन्त्रालयकै संस्कृति शाखाको जिम्मेवारीमा सरूवा गरिएको हो।मन्त्रालय भित्रिएका हरि चापागाईलाई प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा पदस्थापन गरिएको छ।
मन्त्रालयमा नेपाल ईन्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूहको सिडिई पद कटौती गरि सोही सेवा समूहको जनरल तर्फको सिडिई कायम गरेपछि लामो समय मन्त्रालयमा फाजिल भई रहेका जनरलका सिडिई सचिन्द्र यादवको पनि व्यवस्थापन भएको छ। हाईवे उपसमूहको दरवन्दी कायम रहे देखि हालसम्म सो पदमा उक्त उपसमूहका कर्मचारी कोही नआएको र मन्त्रालयले हाईवे तर्फको कुनै काम गर्न नपर्ने हुँदा सो दरबन्दी काटी जनरल कायम गरिएको बताइन्छ।
यसैगरी पुरातत्त्व तर्फ १२ उपसचिवको दरबन्दीबाट २ दरबन्दी गोरखा दरवार र कपिलबस्तु संग्रहालयमा थप भई १४ उपसचिवको दरवन्दी कायम भएको छ। जसमध्ये हनुमानढोका दरवार कार्यालयका काजीमान प्याकुरेललाई कपिलबस्तु संग्रहालय तथा स्मारक संरक्षण कार्यालय सरूवा गरिएको छ साथै यसअघि नै निजलाई दिईएको वृहत्त लुम्बिनी क्षेत्र विकास आयोजना (पिआईयू-१)को परियोजना प्रबन्धकको थप जिम्मेवारी पनि यथावत राखिएको छ। हनुमानढोका दरवारको जिम्मेवारीबाट सारिनुमा यो परियोजना हेर्न सहज हुने भएकाले कपिलबस्तु दरबन्दी कायम गर्नु परेको मन्त्रालय उच्च स्रोत बताउँछ। यसैगरि हनुमानढोकामा भक्तपुर बाट जयन्ती श्रेष्ठको सरूवा भएपछि संग्रहालय र दरवार एकिकृत भएको भक्तपुरको जिम्मेवारीमा नवराज अधिकारी कायम भएपछि फाजिल रहने पद मिलान भएको छ। यसैगरि पुरातत्व तर्फको सहसचिव प्रमुख रहने नारायणहिटी दरवार तथा गणतन्त्र स्मारक कार्यालयमा पुरातत्त्वको सहसचिव पद १ (कार्यालय प्रमुख) र प्रशासन तर्फको उपसचिव पद ३ कटौती भई पुरात्त्वको उपसचिव कार्यालय प्रमुख रहने गरि कायम गरिएको नयाँ पदमा मन्त्रालयको संस्कृति शाखामा कार्यरत सुभद्रा भट्टराईलाई प्राथमिकता दिएर सरूवा गरिएको छ। मन्त्रालयमा भने पाटन दरवारबाट रमेश पौडेलको सरूवा गरि पाटन दरवारको अतिरिक्त जिम्मेवारी पनि तोकिएको हो।
मन्त्रालयमा ओएन्डएमबाट बढी भएका शाखा अधिकृत र सहायकस्तरका (रा. प.अनं) कर्मचारीहरूको एकमुष्ट विवरण चाँडे भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाई पद मिलान गरिने तयारी मन्त्रालयले गरिरहेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस