पूर्वसचिव महेश्वर न्यौपानेसँग विशेष अदालतले माग्यो साढे ४ लाख धरौटी
काठमाडौं। पूर्वसचिव महेश्वर न्यौपानेसँग विशेष अदालतले साढे ४ लाख धरौटी मागेको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले पूर्वसचिव न्यौपानेसँग साढे ४ लाख धरौटी मागेको हो।
पोखरा विमानस्थल निर्माणका ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएको आरोपमा तत्कालीन पर्यटन सचिव न्यौपानेविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। विशेष अदालतले बुधबार उक्त प्रकरणमा न्यौपानेसँग साढे ४ लाख रुपैयाँ धरौटी मागेको हो। उक्त मुद्दामा निलम्बित सचिव डण्डुराज घिमिरेलाई ४ लाख रुपैयाँ धरौटी मागिएको थियो। न्यौपानेसँग साढे ४ लाख रुपैयाँ मागिएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस