दुई वर्ष पुग्न लागेका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं अवकाशमा, ललितपुरकी दासको दुई वर्ष पूरा


काठमाडौं। सरूवा भएको दुई वर्ष पुग्न लागेका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं अनिवार्य अवकाशमा गएका छन्। असोजमा काठमाडौं महानगरपालिका टेकेका गुरागाईं दुई वर्ष पूरा हुन लाग्दा ५८ वर्षे उमेर हदका कारण घर गएका हुन्।

यता ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठको दुई वर्ष पूरा भइसकेको छ। २०८१ बैशाखमै ललित ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेकी दास त्यहाँ पुगेको साढे दुई वर्ष हुन लागेको छ। एक सरूवा अवधि दुई वर्ष पुगेपछि सामान्यतः कर्मचारीको सरूवा हुने गर्छ। दास भने ललितपुर महानगरपालिकामा दुई वर्ष बढी समयदेखि बसिररहेकी छिन्।

तत्कालीन सरकारले काठमाडौं महानगरपालिकामा युवा खोजेर प्रदीप परियार र ललितपुरमा रेखा दास श्रेष्ठलाई पठाएको थियो। प्रदीपको छोटो समयमै काठमाडौं महानगरपालिकाबाट सरूवा भयो। रेखाले पूरा अवधि ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चलाइन्। प्रदिपभन्दा पछाडि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका गुरागाईं पनि घर गए। रेखा भने अहिलेसम्म ललितपुरमै टिकिरहेकी छिन्। सरकारले एकसाथ काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन सक्ने ठाउँ देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ