प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेट भएको प्रधानमन्त्री को सचिवालयले जनाएको छ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन्।

प्रधानमन्त्री बालेनले कुटनीतिक भेटवार्तालाई निरन्तरता दिने भएका छन्। चीन र अमेरिकाका राजदूतसँग पनि शिष्टाचार भेट हुने बताइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ