गाडी दुरुपयोग रोक्ने सरकारको नीतिलाई चुनौती दिँदै सचिव पौडेल
काठमाडौं। सरकारले गाडी दुरूपयोग रोक्न सरकारले ल्याएको नीतिलाई सचिव शोभाकान्त पौडेलले चुनौती दिएका छन्। भन्सार विभागको उपमहानिर्देशक र महानिर्देशक हुँदा शोभाकान्तले लिएर हिँडेको गाडी अझैसम्म फिर्ता गरेका छैनन्। उनले सरकारलाई चुनौती दिँदै भन्सार विभागको अतिरिक्त गाडी कब्जामा लिएको पाइएको हो।
सरकारले एकभन्दा बढी गाडी प्रयोग गर्ने उच्च पदस्थ कर्मचारीमाथि कडाइ गर्दै आएको छ। कानुनले दिएकोभन्दा बढी सुविधा लिने सहसचिव र सचिवमाथि सरकारको उच्च निगरानी रहेको पाइन्छ। तर, मधेश प्रदेशका प्रमुख सचिव शोभाकान्तले एकभन्दा बढी गाडी लिएको फेला परेको हो।
शोभाकान्तले भन्सार विभागबाट लिएर हिँडेको सरकारी सेतो नम्बर प्लेटको हुन्डाईको क्रेटा गाडी निजी रातो नम्बर प्लेट बनाएर दुरूपयोग गरिरहेको पाइएको हो। शोभाकान्तले भन्सारबाट लिएर हिँडेको उक्त क्रेटा गाडीमा रातो प्लेट बागमती प्रदेश-०१-०३३ च ४२२४ नम्बर राखेर दुरूपयोग गरिरहेको फेला परेको छ। उक्त तथ्य सार्वजनिक हुँदा पनि उनले गाडी फिर्ता गरेका छैनन्।
महालेखा नियन्त्रक हुँदा शोभाकान्तले ३ वटा गाडी प्रयोग गर्दै आएका थिए। उनले भन्सार विभागको डिजी हुँदा लिएर हिँडेको क्रेटा गाडीसहित महालेखा नियन्त्रकको गाडी र महालेखा नियन्त्रक कार्यालय कै नाममा रहेको सेतो स्कर्पियो प्रयोग गर्दै आएका थिए। शोभाकान्तले महालेखा नियन्त्रक कार्यालयको नाममा रहेको दुबै गाडीलाई रातो नम्बर प्लेट राखेर फेरिफेरि चढ्दै आएका थिए। घरायसी प्रयोजनका लागि प्रयोग गर्ने गरेको भन्सारको क्रेटा पनि उनले लिएर हिँड्ने गरेका थिए। अन्य कर्मचारीको गाडी सरकारले खोसिरहँदा शोभाकान्त भने निर्धक्कसँग ३ वटा गाडी प्रयोग गर्नेमा पर्छन्।
महालेखा नियन्त्रक कार्यालयले जस्तै मधेश प्रदेशले पनि प्रमुख सचिवको हैसियतमा प्रदेश सरकारले शोभाकान्तलाई गाडी दिएको छ। शोभाकान्तले काब्जामा लिएको भन्सार गाडी फिर्ता नगरे सरकारले एक्सन लिने खतरा देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस