प्रधानमन्त्री कार्यालयको जगेडा रित्तियो, शिक्षातिरका सचिव सञ्चारमा पुग्दा राजीनामा दिएर हिँडे


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सचिव रित्तिएका छन्। एक हप्ताभित्रै घर जान लागेका सचिव बाबुराम अधिकारीले राजीनामा दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडा रित्तिएको हो।

भदौ २ गते अनिवार्य अवकाशमा जान लागेका सचिव अधिकारी अघिल्लो हप्ता मात्र बागमती प्रदेशबाट सरुवा भएर जगेडामा आइपुगेका थिए। आपूर्तिको दरबन्दी देखाएर छिट्टै बढुवा खाएका अधिकारीले घर जाने बेलामा राजीनामा दिएका हुन्। पेन्सन बढाउने प्रयोजनका लागि यस्तो गर्ने गरेका छन्। त्यस्तो हो भनेर राजीनामा ‘होल्ड’ गरेर सरकारले भदौ २ गते नियमित अनिवार्य अवकाशमा जाने वातावरण तय गरिदिन आवश्यक छ।

यता सूचना तथा सञ्चार मन्त्रालय सचिव डा. कमलप्रसाद पोखरेलले पति राजीनामा दिएको चर्चा छ। २०८४ भदौ २२ गते ५८ वर्ष पूरा हुने सचिव पोखरेलले १३ महिना अगाडि नै राजीनामा दिएका छन्। २०६७ फागुनमा टेकनारायण पाण्डेसँगै शिक्षा प्रशासनको सहसचिव बनेका पोखरेल एसईडिपी तालीम नलिँदा ढिला गरेर बढुवा भएका थिए। आफ्ना ‘ब्याची’ गृहमा पुगेर सचिव चलाउन नजान्दा जेल गएको विषयमा जानकार सचिव पोखरेल सञ्चारमा सोही खतरा देखेपछि राजीनामा दिएर हिँडेका हुन्। १३ महिना सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको भूमिकामा काम गरेर आएका पोखरेल १३ महिना बाँकी छँदै राजीनामा दिएर हिँडेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालय जस्तो सहज तरिकाले मन्त्रालय नचल्ने बुझेर उनी तर्सिएको चर्चा छ।

३०-५५ लागू भएका दिन घर जाने भएकाले पनि काममा खासै रुची नराख्ने सचिव पोखरेलले मार्ग प्रशस्त गरेका हुन्। यसैगरी घर जान लागेका सचिवले मार्ग प्रशस्त गर्दै जाने हो भने ३०-५५ लागू गर्न सरकारलाई सहज हुने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कमलप्रसाद पोखरेल, #बाबुराम अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ