सुनसरीका तत्कालीन मालपोत अधिकृत वैद्यसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सार्वजनिक जग्गाको मूल्य ३६ लाख १० हजार रुपैयाँ कायम गरी बिगो तथा सोहीअनुसारको सजाय मागदाबी गरेको हो।

अख्तियारका अनुसार धरान उपमहानगरपालिका–१४ दुधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा कायम रहेको साविक भादगाउँ सिनवारी गाविस–४क का कित्ता नम्बर १ र ४ को गरी १० कठ्ठा ५ धुर जग्गा मिलेमतोमा नक्कली कागजात तयार गरी व्यक्तिको नाममा नामसारी गरिएको थियो।

आयोगले गरेको अनुसन्धानबाट तत्कालीन धरान नगरपालिकाका प्रशासनिक अधिकृत गणेशप्रसाद खप्तिवडा, तत्कालीन सिनसिंगा गाविसका अध्यक्षरसचिव कपिलमणि दाहाल, तत्कालीन मालपोत कार्यालय सुनसरीका मालपोत अधिकृत सुशील वैध, शाखा अधिकृत टुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की, तत्कालीन धरान–१४ का वडा सचिव उत्तम आले, मन्दिरका पुजारी वटुला चौधरी र स्थानीय जग्गा कारोबारमा संलग्न पंकज घिमिरे लगायतलाई प्रतिवादी बनाइएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ