सचिव बढुवाको मुखमा रहेका ५५ पारीका सहसचिवहरू


काठमाडौं। सचिव बढुवाको सिफारिस सुरू भइसकेको छ। ५५ पारीका कर्मचारीलाई बिदा गर्ने सरकारको तयारी छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकमा ५५ पारीका कर्मचारीलाई बिदाइ गर्ने तयारी गरिरहँदा त्यो उमेर समूहका सहसचिव पनि सचिव बढुवाको सिफारिस परेका छन्। लोक सेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाललाई सिफारिस गरेको छ। घिमिरे र नेपाल ५५ पारीका सहसचिव हुन्।

२०२७ साल साउनमा जन्मिएकी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहसचिव घिमिरे ५६ वर्ष पूरा भइसकेकी छिन्। उनी सचिवमा बढुवा भएपनि ५५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछिन्। उनको सेवा अवधि पनि ३२ वर्ष पुग्न लागेको छ।

सचिव बढुवाको मुखमा रहेका र तेस्रो नम्बरमा सिफारिस भएका एडिबीका वैकल्पिक कार्यकारी निर्देशक श्रीकृष्ण नेपाल ५८ वर्ष पूरा हुन लागेका छन्। उनको जागिर १५ दिन जति बाँकी छ। २०४४ सालबाटै जागिर सुरू गरेका नेपालको ३९ वर्ष सेवा अवधि पुग्न लागेको हो। सहसचिव नेपाल अवकाशमा जाने भएकाले उनको ठाउँमा सरकारले अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको मनोनयन गरेको छ। नेपाल ५५ पारीका घर जान दिनगन्ती सुरू भएका सहसचिव हुन्।

सचिव बढुवाको मुखमा रहेका राष्ट्रिय समावेशी आयोग सचिव (सहसचिव) विनोदबहादुर कुँवर ५५ पारीका सहसचिव हुन्। उनको जागिर १० महिना बाँकी छ। असार पहिलो साता घर जाने सूचीमा छन्।

सचिव बढुवाको मुखमा रहेका सहसचिव कालिप्रसाद पराजुली ५५ उमेर काटेका छन्। राष्ट्रिय महिला आयोगका सचिव पराजुलीको जागिर करिब २ वर्ष बाँकी रहेको छ।

सचिव बढुवा सूचीमा रहेका ज्ञानेन्द्र पौडेल ५८ वर्ष पूरा हुन लागेका छन्। ३९ वर्ष सेवा अवधि पुग्न लागेका पौडेल सचिव बढुवा हुने बेलासम्म ३०-५५ आएर घर गइसकेका हुनेछन्। उनी वैशाखभन्दा अगाडि सचिव बढुवा हुने देखिँदैन। त्यसैले त्यो बेलासम्म ३०-५५ पूरा भइसकेका रक्षा मन्त्रालयका सहसचिव घर गइसक्ने देखिन्छ।

सचिव बढुवामा मुखमा रहेका प्रदिपकुमार कोइराला साढे ५७ वर्ष पुग्न लागे। उनी माघको पहिलो हप्ता ५८ वर्ष पूरा भए घर जाने सूचीमा रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोइराला बढुवाको मुखमा रहेर पनि सचिव नै नभइ घर जानेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ