व्यापारीसँग मिलेर स्वास्थ्यमा कर्मचारी सरुवा


काठमाडौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले व्यापारीसँग मिलेर स्वास्थ्यमा सरुवा गरेकी छन्। उक्त तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ।

गत साउन २५ गते आधादर्जन कर्मचारीकाे सरुवा भएपनि त्यसलाई गुपचुप राखिएको थियाे। कतिपयले बार्गेनिङका लागि तत्काल बाहिर नल्याएको बताएपनि कर्मचारी सरुवा हुनुभन्दा एक हप्ता अगाडि नै व्यापारीले कुन कर्मचारी कहाँ सरुवा गर्दा व्यवसायिक हिसाबले फाइदा हुन्छ भन्दै कर्मचारीकाे नाम र सरुवा हुने शाखा तय गरेकाे च्याट स्वास्थ्य लाइभले फेला पारेकाे थियाे।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहता पछिल्लो समय कसरी कमाउने भन्ने बाटाेतर्फ लागेकाे मन्त्राालयका कर्मचारीले बताउन थालेका छन्। मन्त्रीले निरज कटुवाल नामकाे एक व्यक्ति च्यापेर यस्ता काम गरिरहेको अधिकारीहरु बताउँछन्। व्यापारीकाे सरुवा कुराकानी र सरुवा भएको कर्मचारीकाे नाम मिलेकाले पनि सेटिङमा सरुवा भएको पुष्टि हुन्छ। मेहता रवि लामिछानेको काेटाबाट मन्त्री भएकी थिइन्।

व्यापारीसँग कै सल्लाह अनुसार भरतपुर अस्पतालका डा. ओम अर्याललाई परिवार कल्याण महाशाखाको प्रमुखमा ल्याइएको छ। परिवार कल्याणका डा. मदन उपाध्यायलाई वीर अस्पतालमा सरुवा गरिएको छ। साथै व्यापारीसँग कै सल्लाह अनुसार स्वास्थ्य आपूर्ति शााखाको प्रमुखमा दया पन्त र नीति तथा योजनाको उपसचिवमा धनेश्वर पौडेललाई ल्याइएको छ ।

व्यापारीसँगकाे सेटिङमा भएको सरुवाले बालेन सरकारकाे सुशासनकाे धज्जी उडाएको छ। यो विषयमा प्रधानमन्त्रीले एक्सन लिन जरूरी छ। व्यापारीको स्वार्थमा मन्त्री चल्दा सुशासनमाथि गम्भीर प्रहार हुन्छ। उक्त विषयमा छानबिन हुन जरूरी देखिन्छ। 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ