वातावरण विभागका महानिर्देशक सुवेदी फाजिलमा
काठमाडौं। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी फाजिलमा परेका छन्। सरकारले वातावरण विभागको महानिर्देशकमा प्राविधिक सहसचिवको दरबन्दी राखेपछि नेपाल प्रशासन सेवाका सहसचिव सुवेदी फाजिलमा परेका हुन्।
वातावरण विभागमा यसअघि महानिर्देशक र उपमहानिर्देशक गरी दुई सहसचिवको दरबन्दी रहेको थियो। प्राविधिक प्रकृतिको उक्त विभागमा प्रशासन सेवाको सहसचिवलाई महानिर्देशक बनाएर इन्जिनियरिङ सेवाको सहसचिवलाई उपमहानिर्देशक बनाइएको थियो। अब भने इन्जिनियरिङ सेवाको केमिष्टी समूहका सहसचिवलाई वातावरण विभागको महानिर्देशक बनाइने भएको हो।
प्रशासन सेवाका महानिर्देशक सुवेदी फाजिलमा परेसँगै उपमहानिर्देशक रहेका इन्जिनियरिङ सेवा, केमिष्ट्रीतिरका सरोजकुमार चौधरीले वातावरण विभागको कमाण्ड सम्हाल्ने भएका छन्। उक्त विभागमा उक्त सेवा, समूहको अर्को सहसचिव नपठाइएको, एक मात्र सहसचिवको दरबन्दी रहेकाले महानिर्देशक उनी नै हुने सम्भावना देखिएको हो। फाजिलमा परेका अर्का सहसचिव सुवेदीलाई भने सरकारले अयन्त्र व्यवस्थापन गर्नु पर्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #ज्ञानराज सुवेदी, #सरोजकुमार चौधरी


तपाईको प्रतिक्रिया दिनुहोस