भोजपुरका सिडिओ पौडेल बने पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृत
काठमाडौं। भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजन गौतम पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन्। करिब ८ महिना अगाडि भोजपुरको सिडिओ भएर गएका गौतम पोखरा महानगरपालिकामा सरूवा भएका हुन्।
भोजपुरमा सहसचिव सिडिओको दरबन्दी खारेज भएपछि गौतम फाजिलमा परेका थिए। उनलाई पोखराको प्रमुख प्रशासकीय अधिकृतमा पठाएर सरकारले फाजिल व्यवस्थापन गरेको हो।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको काठमाडौं महानगरपालिकामा सरूवा भएपछि उक्त ठाउँ रिक्त थियो। उक्त रिक्त स्थान पर्यटकीय नगरी पोखरामा घुमफिरमा रमाउने पौडेललाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।
क्याटेगोरी : समाचारट्याग : #राजन गौतम


तपाईको प्रतिक्रिया दिनुहोस