घुस/रिसवत मुद्दामा वरिष्ठ हवल्दार थापा दोषी ठहर


काठमाडौं। घुस/रिसवत मुद्दामा प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री दोषी ठहर भएका छन्। विशेष अदालतले थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई घुस रिसवतसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।

लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने र पक्राउ नगर्ने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित पक्राउ गरेको थियो। कास्कीमा कार्यरत रहँदा पक्राउ परेका थापा थापाविरुद्ध अख्तियारले गत जेठ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनी अदालतबट दोषी ठहर भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ