अर्यालले सम्हाले महालेखा नियन्त्रकको जिम्मेवारी 


काठमाडौं। बैकुण्ठप्रसाद अर्यालले महालेखा नियन्त्रकको जिम्मेवारी सम्हालेका छन्। सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट महालेखा नियन्त्रकका सरूवा भएका अर्यालले जिम्मेवारी सम्हालेका हुन्।

२०८२ कार्तिकमा सुदूरपश्चिम प्रदेशको कायममुकायम प्रमुख सचिव बनेर गएका अर्याल एक महिनापछि सचिवमा बढुवा भएका थिए। करिब १० महिना सुदूरपश्चिम प्रदेशमा बसेर संघमा फर्किएका हुन्। सूर्यप्रसाद गौतमपछि शिक्षा प्रशासनबाट आएर महालेखा नियन्त्रक बन्ने अर्याल दोस्रो सचिव भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ