गृहले तेह्रथुमसहित पाँच जिल्लामा खटायो उपसचिव सिडिओ
काठमाडौं। गृह मन्त्रालय तेह्रथुमसहित ५ जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ। गृहले तेह्रथुम, मुस्ताङ, बाजुरा, अछाम र रोल्पामा उपसचिव सिडिओ खटाएको हो।
तेह्रथुमको सिडिओमा अशोक काफ्ले, बाजुराको सिडिओमा मुक्तिराम अर्याल, मुस्ताङको सिडिओमा पर्शुराम पोखरेल, अछामको सिडिओमा टिकाराम ढकाल र रोल्पाको सिडिओमा सुरेश सुनारलाई खटाइएको छ। काफ्ले कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, अर्याल काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी, पोखरेल गृह मन्त्रालय, ढकाल अध्यागमन विभाग र सुनार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छन्।
बाजुराका सिडिओ डोरेन्द्र निरौला अध्यागमन कार्यालय त्रि.अ.वि., अछामका सिडिओ यज्ञबहादुर बुढा बाँकेको सहायक सिडिओ र मुस्ताङको सिडिओ अजिता शर्मा गृह मन्त्रालय सरूवा भएकी छिन्। तेह्रथुमको सिडिओ बन्दना राई कञ्चनपुरको स्थानीय तहमा सरूवा भएपछि उक्त जिल्लामा सिडिओ रिक्त थियो। त्यस्तै रोल्पाका सिडिओ गंगाबहादुर क्षेत्रीको पर्वतमा सरूवा भएपछि सहायक सिडिओ घनश्याम गौतमले हेर्दै आएका थिए। गौतमलाई रोल्पाबाट कारागार कार्यालय कास्कीमा सरूवा गरेर सुनारलाई रोल्पाको सिडिओमा खटाइएको हो। डोरेन्द्र, अजिता र बुढा सिडिओ भएको १० महिना पूरा भइसकको छ।
बाँकेका सहायक सिडिओ पूर्णबहादुर खत्री कारागार कार्यालय झापा, तनहुँका सहायक सिडिओ दिपक रेग्मी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत, गृहका महेन्द्र विश्वकर्मा काभ्रेपलाञ्चोकको सहायक सिडिओ, सविता अर्याल कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग , शान्ति महत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विष्णुप्रसाद सुवेदी पाँचथरका सहायक सिडिओ, शेषकान्त पौडेल स्याङ्जाका सहायक सिडिओ र ज्ञानराज अर्याललाई त्रि.वि. अध्यागमन कार्यालयमा पठाइएको छ। अर्का शेषकान्त पौडेललाई मकवानपुरको सहायक सिडिओमा खटाइएको हो। शान्ति प्राधिकरणमै कार्यरत छिन्। उनको दरबन्दी मात्रै सरुवा हुँदै आएको छ। उपसचिव महतले प्राधिकरणको कुर्सी छाडिको देखिँदैन।
त्रि.वि. अध्यागमन कार्यालयका उपसचिव टेकबहादुर रेग्मी गृह मन्त्रालय, पोखरा अध्यागमनका हरिबहादुर भुजेल इलाका प्रशासन कार्यालय, लेखनाथ कास्की, लागू औषध नियन्त्रण विभागका उपसचिव जितेन्द्र अधिकारीको गृह मन्त्रालय र ललितपुरको सहायक सिडिओ सुप्रभा खनाल ढुंगेलको लागू औषध नियन्त्रण विभागमा सरुवा भएको हो।
ट्याग : #अशोक काफ्ले, #टिकाराम ढकाल, #पर्शुराम पोखरेल, #मुक्तिराम अर्याल, #सुरेश सुनार


तपाईको प्रतिक्रिया दिनुहोस