जनस्वास्थ्यमा खेलबाड गर्ने मन्त्र थकालीलाई साढे दुई लाख जरिवाना
काठमाडौं। जनस्वास्थ्यमा खेलबाड गर्ने मन्त्र थकालीलाई साढे दुई लाज जरिवाना गरिएको छ। काठमाडौंको महाराजगञ्जमा रहेको मन्त्र थकालीको भान्छामा चरम फोहोर र जनस्वास्थ्यमा असर पर्ने अखाद्य वस्तु फेला परेपछि साढे दुई लाख रुपैयाँ जरिवाना गरिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले मन्त्र थकालीमाथि एक्सन लिएको छ। मन्त्र थकालीमा पुगेका उपभोक्ताले खानाभित्र किरा परेको फेला पारेपछि विभागमा उजुरी गरेका थिए। विभागको ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी) र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले मन्त्र थकालीमा पुगेर अनुगमन गरेको थियो। उक्त रेष्टुरेन्टमा अखाद्य वस्तु भेटेपछि जरिवाना गरिएको हो।
मन्त्र थकालीको भान्सामा चरम लापरबाही गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड पाइएपछि संयुक्त टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्कालै साढे दुई लाख जरिवाना गरिएको छ। मन्त्री थकालीको भान्सामा राखिएको जनस्वास्थ्यमा असर पर्ने खानेकुरा समेत नष्ट गरिएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस