पशुपति क्षेत्र विकास कोषले ल्याउन सकेन बजेट


काठमाडौं। पशुपति क्षेत्र विकास कोषले आधा कार्तिक बित्न लाग्दा पनि बजेट ल्याउन सकेको छैन। सामान्य अवस्थामा समेत बजेट ल्याउन नसकेपछि कोष अस्तव्यस्त बनेको हो। कोषको बजेट नआएपनि कर्मचारीले बोनस खान भ्याइसकेका छन्।

कोषका अध्यक्ष समेत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस)ले पोखराका ६७ वर्षीय तीर्थप्रसाद श्रेष्ठलाई कोषको सदस्यसचिव बनाएका थिए। श्रेष्ठले काठमाडौंमा भन्दा पोखरामा बढी समय बिताउने थालेपछ कोष अस्तव्यस्त हुँदै ध्वस्त हुने अवस्थामा पुगेको चर्चा छ। दसैँ बिदा सकिएर कार्यालय खुल्दा पनि सदस्यसचिव कार्यालयमा उपस्थिति भएका छैनन्। कार्यालय सञ्चालनमा समेत समस्या भइरहेका कोषका कर्मचारीहरू बताउँछन्।

कोषका सदस्यसचिव श्रेष्ठविरूद्ध उमेर र शैक्षिक योग्यताका विषयलाई लिएर उच्च अदालत पाटनमा रिट परेको छ। पर्यटन मन्त्रालयले बनाएको नियुक्ति सम्बन्धी मापदण्डमा कार्यकारी पद मानिने कोषका सदस्य-सचिव बन्न ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। तर, सदस्यसचिवमा मनोनित भएका तीर्थ ६५ वर्ष नाघिसकेकाले उमेर सम्बन्धी विवादको विषय अदालतमा पुगेको हो। उक्त विषयको रिट भोलि (बुधबार) पेशी रहेको छ। तर, सदस्यसचिव श्रेष्ठ उनी लामो समयदेखि कार्यालयमा उपस्थिति भएका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष मार्फत मुद्दा सेटिङ मिलाइरहेको चर्चाकाबीच भोलि रिट टुंगो लाग्ने सम्भावना छ।

पर्यटन मन्त्री पौडेलले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव श्रेष्ठसहित कोषाध्यक्षमा मिनाकुमारी श्रेष्ठ, सदस्यहरूमा गंगासागर बानियाँ, रूपा शाही बाँस्तोला, केदारमान भण्डारी, संगीता कुमारी राम र राम शोभित नायक नियुक्त भएका थिए। कोषले पूर्णाता पाउदा पनि बजेट आएन। सदस्यसचिव विवादै विवादमा तानिएका छन्। उनको जागिरको छिनोफानो हुँदैछ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ