सर्वोच्चका न्यायाधीश विनोद शर्मा भए अवकाश
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा अवकाशमा गएका छन्। ६५ वर्ष पूरा भएर उनी अवकाशमा गएका हुन्।
सर्वोच्च अदालतका छैटौं बरियताका न्यायाधीश शर्मा अवकाशमा गएसँगै उक्त सिट रिक्त भएको छ। सर्वोच्च अदालतमा ४ न्यायाधीश रिक्त रहेकोमा रत्नबहादुर बागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस भएको छ। उनीहरू न्यायाधीशमा नियुक्त नहुँदै न्यायाधीश शर्मा अवकाशमा गएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस