आईजीपीको जिम्मेवारी डा. केसीलाई, आईजीपी कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार


काठमाडौं। सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) जिम्मेवारी डा. मनोज केसीलाई दिएको छ। आईजीपीको भूमिका रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर केसीलाई आईजीपीको जिम्मेवारी दिइएको हो।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी र कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको हो। केसी र कार्की एकैपटक एआईजी भएका थिए। आईजीमा कार्कीले बाजी मारेका थिए। एकवर्षपछि केसी आईजी बन्न सफल भएका छन्। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर उचित व्यवस्थापन गरिएको छ।

यस्तो मन्त्रिपरिषद् बैठकको निर्णय :

-वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिर्जना गर्ने ।

-प्रकरण १. बमोजिमको विशेष सुरक्षा सल्लाहकार पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीलाई खटाउने।

-प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्की प्रकरण २. बमोजिम प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटिई रिक्त हुने प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. लाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम मिति २०८३ कात्तिक १८ गते देखि लागु हुने गरी बढुवा गर्ने।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ