३ उच्च अदालतमा मुख्य न्यायाधीश रिक्त, ५ मुख्य प्रतिस्पर्धी


काठमाडौं। उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्च अदालतमा पुगेसँगै ३ मुख्य न्यायाधीश रिक्त भएको छ। उच्च अदालत पोखरा, उच्च अदालत जनकपुर र उच्च अदालत दिपायलमा मुख्य न्यायाधीश रिक्त हुन पुगेको हो।

उच्च अदालत पोखराको कायममुकायम मुख्य न्यायाधीशको जिम्मेवारी हरिप्रसाद पौडेलले पाएका छन्। यसअघि नै दिपायलको दिनेशप्रसाद यादव र जनकपुरको टेकनारायण कुँवरले कायममुकायम मुख्य न्यायाधीशको जिम्मेवारी सम्हालिरहेका हुन्। पोखरा पनि कायममुकायमको कमाण्डमा पुगेको हो।

वरिष्ठताका आधारमा मुख्य न्यायाधीशको प्रतिस्पर्धामा दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई र यमुना भट्टराई रहेका छन्। उनीहरूलाई टेकनारायण कुँवर र विपुल न्यौपानेले टक्कर दिने देखिन्छ। यादव र भट्टराईद्वय कानुन व्यवसायी पृष्ठभूमिका हुन्। कुँवर जिल्ला न्यायाधीशबाट र न्यौपाने सहरजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उच्चमा रिक्त ३ मुख्य न्यायाधीशमा यिनीहरू नै मुख्य प्रतिस्पर्धी हुन्।

दिनेश उच्च अदालत दिपायलको कायममुकायम मुख्य न्यायाधीश, कृष्णलाल उच्च अदालत विराटनगर, धनकुटा इजालसका न्यायाधीश, यमुना उच्च अदालत पोखरा, बागलुङ इजलासको न्यायाधीशको भूमिका छिन्। टेकनारायण उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश र विपुल उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश हुन्।

२०७३ पुसमा एकैपटक उच्च अदालतमा ८० न्यायाधीश नियुक्त हुँदा उनीहरू पनि एकसाथ नियुक्ति भएका थिए। ८० जना न्यायाधीशमध्ये उच्चमा २६ जना बाँकी छन्। उनीहरूमध्ये जोसुकै पनि मुख्य न्यायाधीश बन्न सक्ने देखिन्छ। तर, वरिष्ठताका आधारमा दिनेश, कृष्णलाल र यमुना अग्रपङ्तीमा देखिन्छन्।

एकैदिन उच्चमा नियुक्त भएका न्यायाधीश

१, दिनेशप्रसाद यादव

२, श्री कृष्णलाल भट्टराई

३, श्री यमुना भट्टराई

४, श्री टेकनारायण कुँवर

५, श्री विपुल न्यौपाने

६, श्री नातिबावु लामिछाने

७, श्री गणेशप्रसाद बराल

८, श्री सुर्दशन देव भट्ट

९, श्री सुवास पौडेल

१०, श्री बामदेव ज्ञवाली

११, श्री श्यामजी प्रधान

१२, श्री बासुदेव आचार्य

१३, श्री खुशी प्रसाद थारु

१४, श्री मुनेन्द्रप्रसाद अवस्थी

१५, श्री मदन पोख्रेल

१६, श्री शान्ता सेढाई सापकोटा

१७, श्री ध्रुवराज नन्द

१८, श्री दुर्गाबहादुर विश्वकर्मा

१९, श्री टंक प्रसाद गुरुङ

२०, श्री हरिप्रसाद पौडेल

२१, श्री तेज नारायण सिंह राई ,

२२, श्री बबिता उप्रेती

२३, श्री रामबहादुर थापा

२४, श्री शकुन्तला घिमिरे

२५, श्री दिपेन्द्र बहादुर बम

२६, श्री राज्यलक्ष्मी बज्राचार्य

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ