खोटाङका जिल्ला समन्वय प्रमुख राई, लहानका उपप्रमुख महतोसहित १८ जनप्रतिनिधि पदमुक्त


काठमाडौं। खोटाङका जिल्ला समन्वय समितिका प्रमुख सुकबहादुर राई, लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतोसहित १८ जनप्रतिनिधि पदमुक्त भएका छन्। उक्त रिक्त जनप्रतिनिधिको सूचीमा खोटाङको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ समेत रहेका हुन्।

त्यस्तै विभिन्न पालिकाका ९ जना वडाध्यक्ष समेत पदमुक्त भएका छन्। ४ वडा सदस्य र १ कार्यपालिका सदस्य पदमुक्तिमा परेका हुन्। निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सूचना निकालेको छ। उक्त सूचना १८ जनप्रतिनिधि परेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ