कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई



काठमाडौं। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज र भोलि दुईदिने भारत भ्रमणका रहने भएकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन्।

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ मन्त्रिपरिषद्को चौथो बरियतामा रहेका छन्। प्रधानमन्त्री शाहपछिको दोस्रो बरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल उनीसँगै भारत भ्रमण टोलीमा संलग्न रहेकाले चौथो स्थानमा रहेका ऊर्जामन्त्री श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ