उच्च अदालत पाटनको रजिष्ट्रार र सर्वोच्च अदालतको सहरजिष्ट्रार साटफेर


काठमाडौं। उच्च अदालत पाटनका रजिष्ट्रार डा. अशोककुमार क्षेत्री र सर्वोच्च अदालतका सहरजिष्ट्रार अर्जुनप्रसाद कोइरालाको साटफेर गरिएको छ। क्षेत्रीलाई सर्वोच्च अदालतको सहरजिष्ट्रार र कोइरालालाई उच्च अदालत पाटनको रजिष्ट्रार बनाइएको हो।

न्याय सेवा आयोगले क्षेत्रीलाई सर्वोच्च अदालतको सहरजिष्ट्रार र कोइरालालाई उच्च अदालत पाटनको रजिष्ट्रारमा सरूवा गर्न सिफारिस गरेको हो। आयोगले दुबैलाई काजमा खटाउने निर्णय गरेको छ। आयोगले सिफारिस गर्नुअगावै उनीहरू आ आ-आफ्नो कार्यक्षेत्रमा गएर काम गर्न सुरू गरिसकेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ