जेनजी आन्दोलनपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ४ महानिर्देशक फेरिए
काठमाडौं। जेनजी आन्दोलनपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ४ महानिर्देशक फेरिएका छन्। यसबीचमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा कृष्णप्रसाद मैनाली, गजेन्द्रकुमार ठाकुर, निर्मल ढकाल र इन्द्रदेव यादव भएका हुन्। एक वर्षको पेरिफेरिमा उक्त विभागमा ४ महानिर्देशक फेरिएका छन्।
जेनजी आन्दोलनको ४ दिन अगाडि २०८२ भदाै १९ गते सुमन दाहाललाई हटाएर कृष्णप्रसाद मैनालीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनाइएको थियो। मैनाली महानिर्देशक भएको एक हप्ता नबित्दै जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनपछि बनेको सरकारले उनलाई हटाएर गजेन्द्रकुमार ठाकुर सम्पत्तिको महानिर्देशक बनायो। ठाकुर आएपछि मैनाली एक महिनामै असोज २१ गते महानिर्देशकबाट हटे।
२०८२ असोज २१ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनेका ठाकुर करिब ७ महिना (२०८३ बैशाख ११) गतेसम्म उक्त भूमिकामा रहे। ठाकुरलाई हटाएर उपमहानिर्देशकको भूमिकामा रहेका निर्मल ढकाललाई महानिर्देशक बनाइयो। २०८३ बैशाख १६ गतेदेखि विभागको कमाण्ड सम्हालेका ढकाल पनि करिब ७ महिना सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व गरेर बाहिरिएका छन्। उक्त विभागको नेतृत्व गर्न इन्द्रदेव यादव आइपुगेका हुन्।
बिहीबार मात्र अर्थ मन्त्रालयले इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो। इलाम, मरोङ, सुनसरी, रौतहट, सर्लाही, चितवन, महोत्तरी जस्ता जिल्लाको सिडिओ भइसकेका यादव सम्पत्तिको डिजी बनेका हुन्।


तपाईको प्रतिक्रिया दिनुहोस