जेष्ठताका आधारमा रघुपति महत लेखापरीक्षणक सहसचिव बढुवाका लागि सिफारिस
काठमाडौं। जेष्ठताका आधारमा रघुपति महत सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। सामान्य प्रशासन मन्त्रालयमा रहेको बढुवा समितिको बैठकले महतलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो। महत जेष्ठता तथा कार्यसम्पादक मूल्यांकनद्वारा सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।

लेखापरीक्षण सेवाको सहसचिव (नायब महालेखापरीक्षक) बढुवाका लागि एक सिट मागिएको थियो। त्यसका लागि रघुपति महत, महेश पौड्याल, दिनेश मिश्र र कुलचन्द्र भण्डारी सम्भाव्य उम्मेदवार परेका थिए। बढुवा समितिले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि रघुपति महतको नाम सिफारिस गरेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस