यी हुन् राष्ट्रपतिद्वारा सम्मानित हुने महिला चिकित्सक


नेपाल नेपाल चिकित्सक संघले चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका महिला चिकित्सकहरूलाई राष्ट्रपतिद्वारा सम्मान गर्न लागेको छ । संघले “वूमन इन मेडिसिन इन नेपाल” अवार्ड प्रदान गर्नका लागि १५ जना प्रतिष्ठित महिला चिकित्सकलाई छनोट गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ती महिला चिकित्सकलाई सम्मान दिने कार्यक्रम रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्य लाइभलाई जानकारी दिए ।
संघले प्रतिष्ठित महिला चिकित्सकहरुलाई “वूमन इन मेडिसिन इन नेपाल” अवार्ड दिनका लागि तयार पारेको सूचीमा केही विवादित चिकित्सकको पनि नाम परेको पाइएको छ । पटकपटक आर्थिक विवादमा मुछिदै आएकी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीलाई पनि सम्मानित हुने महिला चिकित्सकको सूचीमा राखेको पाइएको हो ।
राष्ट्रपतिद्वारा शीतल निवासमा आजै “वूमन इन मेडिसिन इन नेपाल” अवार्ड दिएर सम्मान गर्न लागिएका महिला चिकित्सकको सूचीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा र डा. किरण रेग्मीको पनि नाम रहेको छ । त्यस्तै मेडिकल कलेजको सफल नेतृत्व गरेर मेडिकल शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिने डा. चन्दा कार्कीलाई पनि संघले अवार्ड प्रदान गर्ने भएको छ । त्यस्तै आईओएमकी डीन डा. दिव्य सिंह शाह पनि सम्मानित हुने महिला चिकित्सकको सूचीमा छिन् ।
“वूमन इन मेडिसिन इन नेपाल” अवार्ड मार्फत संघले पहिलो पटक महिला चिकित्सकलाई सम्मान गर्न लागेको हो । संघका पूर्व अध्यक्षहरू सम्मिलित समितिले सम्मानका लागि यी महिला चिकित्सकको नाम छनोट गरेको हो ।
अवार्ड पाउने महिला चिकित्सकहरू
१, डा. सुधा शर्मा
२, डा . किरण रेग्मी
३, डा. चन्दा कार्की
४, डा. दिव्यासिंह शाह
५, डा. संगीता भण्डारी
६, डा. रिता थापा
७, डा. कुसुम थापा
८, डा.दिव्याश्री मल्ल
९, डा. आशा सिंह
१०, अचला वैद्य
११, डा. राधा शाह,
१२, डा. सरस्वती पाध्ये
१३,डा. तारा मानन्धर
१४, डा. सुधा अग्रवाल
१५, डा. सानुमाया दली
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com