काठमाडौं भ्यूटावरका ठेकेदार मनोज भेटवाल हेलिकोप्टर दुर्घटनाबाट जोगिए (भिडियाेसहित)

फोटो र भिडिओ खिच्न अवरोध


इनरुवा । काठमाडौं भ्यूटावरका ठेकेदार मनोज भेटवाल हेलिकोप्टर दुर्घटनाबाट बालबाल जोगिएका छन् ।

भेटवाल चढेको फिस्टेल एयरको हेलिकोप्टर सुनसरी जिल्लामाको सदरमुकाम इनरुवा सखुवागाछीको हिलाम्मे धानखेतमा जोतिएको छ । क्याप्टेनको चलाखीका कारण उनी सवार हेलिकोप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।

हेलिकोप्टरमा भेटवाल र चालक दलका सदस्यसहित ४ जना सवार छन् । भिजिबिलिटी नपुगेपछि बिराटनगर उडेको हेलिकोप्टर सखुवागाछीको धानखेतमा जोतिएको हो ।

धानखेतमा जोतिएको उक्त हेलिकोप्टरलाई अहिले भने नजिकैको चौरमा ल्याएर राखिएको छ ।

अहिले उक्त हेलिकोप्टर हेर्नेको भीड लागेको छ । हेलिकोप्टर जोतिएको धान खेतमा प्रहरी पुगिसकेको छ । फोटो खिच्ने क्रममा भेटवालले अवरोध पुर्‍याएका थिए । उनले फोटो र भिडिओ खिच्न खोज्नेलाई हप्कीदप्की गरेका हुन् ।

भेटवालले पुरानो वसपार्कमा सटर भाडामा लगाएर औषधि पसललगायत खोल्न दिएपछि विवादमा तानिएका थिए । उनले स्वास्थ्यसम्बन्धी ठेक्का पनि लिने गरेका छन् ।

काठमाडौं भ्यूटावर पुरानो बसपार्कमा बन्दैछ । उक्त भ्यूटावरमा धेरै सर्वसाधारणको अर्बौं रुपैयाँ रकम फसेको छ ।

प्रत्यक्षदर्शीले भने छानबिन गर्न माग गरेका छन्

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com