ओम्नी काण्डमा फसाउन खोजेको ओलीको आशंका, प्रतिकारको चेतावनी 


काठमाडौं । स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचारबारे छानविन गर्ने सरकारको तयारीप्रति एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपीले आपत्ति जनाएका छ ।

उनले झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो ? भन्ने सरकारलाई प्रश्न गरेका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने सत्तारुढ गठबन्धनको प्रतिवद्धता आफूहरुलाई फसाउने योजना रहेको संकेत गरे ।

ओम्नी काण्डमा फसाउन खोजिए प्रतिकार गर्ने ओलीको चेतावनी छ । ओम्नी काण्डको छानबिन गर्ने हो भने क्वान्टोनमेन्टमा भएको भ्रष्टाचारको छानविन गर्ने कि नगर्ने भनी उनले प्रश्न समेत गरे ।

‘वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भएको थियो, संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ कि सक्नु हुन्न ? झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो ?’, पूर्वप्रधानमन्त्री ओलीले भने । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com