वीपी प्रतिष्ठानमा अनियमितता नै अनियमितता


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता नै अनियमितता रहेको पाइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रतिष्ठानको कार्यालयमा गएर केही महत्त्वपूर्ण कागजत नियन्त्रणमा लिइसकेको छ । अनियमितता भएका केही कागजात अझै अख्तियारको नियन्त्रणबाहिर देखिन्छ ।

पछिल्लो समय वीपी प्रतिष्ठानलाई भ्रष्टाचारको खानीको संज्ञा दिने गरिएको छ । यसै सन्दर्भमा सार्वजनिक खरिद ऐन, नियमविपरीत खरिद तथा आपूर्ति भएका निर्माण तथा औषधि उपकरण र अन्य अनियमितताका सम्बन्धमा स्वास्थ्य लाइभले खोज्ने प्रयास गरेको छ ।

#कोरोना अस्पताल र कोरोनाका बिरामी सेवा सम्बन्धमा :

-बिराटनगरका व्यापारी तथा उपकुलपतिका नातेदार अजय गिरीको फर्मबाट सीधै खरिद गरेका एयर कन्डिसन सिस्टम, फ्रीज, टेलिभिजन सेट, युपिएस मेसिनलगायत करिव ६५ लाखका सामग्रीहरु,

-धरानका मेडिकल उपकरण व्यापारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी प्रतिष्ठानकै अनियमिततामा मुद्दा हालेका चेतन अग्रवालको फर्मबाट विना कुनै प्रक्रिया आपूर्ती भएका वायोकेमेस्ट्री एनलाइजर र अटो एनलाइजार (यी दुवै क्लोज्ड सिस्टममा आपूर्ति गरिएको र यी मेसिनसँग सम्बन्धित केमिकलहरूको वर्षौंसम्म चेतन अग्रवालसँग मात्र खरिद गर्न पाउने प्रावधान राखेर करोडौं अनियमितताको तयारी ) गरेको,

-हस्पिटल वेड १ सय थान, औषधि आपूर्तिलगायतको करिव २ करोड ५० लाखका औषधि उपकरण ,

-प्रतिष्ठानको फार्मेसीमा औषधि खरिद अनियमितता, पदाधिकारीले प्रतिष्ठानलाई महँगो २ सेट मोबाइल र ल्यापटप खरिद गरिएको,

-वीपी कोइरालाको शालिक निर्माण विना टेन्डर अमानतकोको भरमा गरेर अनियमितता,

-पदाधिकारी ( उपकुलपति र रजिष्ट्रारको ) निवास मर्मतमा ७० लाख खर्च भएको,

-कोरोना अस्पतालसँग सम्बन्धित टुक्रे खरिदमार्फत मर्मत तथा निर्माण करिव २.५ करोडको , उपकुलपति र अस्पताल निर्देशकको मिलेमतोमा अस्वाभाविक लागत अनुमान निकालेर टुक्र्याएर कार्य सम्पन्न गराइएको,

-मातृशिशु भवनको अनियमित तवरले म्याद थप तथा भुक्तानी,

-फार्मेसी तथा होस्टेल भवन निर्माणसम्बन्धी अनियमित तवरले लागत निर्माण तथा हालका दिन सम्म पनि नक्सा स्वीकृत नगरी अनियमित तवरले निर्माण तथा भुक्तानी (पटक पटक रनिंग बिल पेश नगरी पेश्की भुक्तानी समेत)गरेको,

-गत आर्थिक वर्षमै सीटी स्क्यान मेसिन मेसिन खरिद गर्न मन्त्रालयले २० करोड अनुदान दिएता पनि अर्को आर्थिक वर्ष सकिन लाग्दा समेत कमिसनको चक्करमा खरिद नगरेको ।

#अन्य विवरण :

-मुटु रोग तथा क्यान्सर रोग अस्पताल भवनहरु निर्माणार्थ परामर्शदाता खरिद र भुक्तानीमा भएको अनियमिता सम्बन्धमा ,

-तत्कालीन् उपकुलपति डा. बीपी दासको कार्यकालमा डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवलाई प्रयोग गरेर मिलेमत्तोमा “केज कन्सल्टेन्सी”लाई ठेक्का दिइएको , परामर्शदाता खरिदको मूल्यांकन क्राइटेरिया “केज कन्सल्टेन्सी” ले नै सर्वाधिक अंक ल्याउनेगरी बनाएर मिलेमत्तोमा ठेक्का दिइएको, -तत्कालीन् समयमा केज कन्सल्टेन्सीले पेश गरेको पिएचडी विज्ञहरुको प्रमाणपत्रहरु नक्कली रहेको ,

-यस आयोजना शुरु गर्नु भन्दा एक वर्ष अगाडी मात्र संगैको ४०० शैयाको मातृ शिशु भवनको निर्माणार्थ यही केज कन्सलटेंसीले लागतको १.६% मा ठेक्का लिएको ,यस ठेक्कामा लागतको ३.६% मा ठेक्का दिइएको ,

-लागत अनुमान तयारी गर्दा ठूलो अनियमितता गरिएको ४०० बेडको मातृशिशु भवन समेतको एक वर्ष अगाडी मात्र २ अरब १८ करोड लागत निकालिएकोमा यस आयोजना (२०० +२००=४००) बेड अस्पतालको लागत ४ अरब १६ करोड निकालिएको ,

-परामर्शदाताको भुक्तानी प्रक्रियामा ड्रोइन डिजाइनवापतठेक्का रकमको २.१% र कन्स्ट्रक्सन सुपर भिजन वापत ठेक्का रकमको १% भुकाती गर्ने व्यवस्था गरिएको ,

-कन्स्ट्रक्सन सुपर भिजन भन्दा ड्रोइन डिजाइनमा वापत ठेक्का रकमको १% भुक्तानी गर्ने व्यवस्था गरिएको अत्यधिक रकम राखेको यस्तो कुरा दुनियाँको कुनै ठेक्कामा नहुने काम गरेको ,

-यसै अनुरुप जम्मा १४ करोडको परामर्शदाता ठेक्कामा ड्रोइन डिजाइन वापत साढे ९ करोड हतार हतार भुक्तानी गरिएको ,

-यसमा हाल अख्तियार दुरुपरोग अनुसन्धान आयोग बाट निलम्बित डेपुटी रजिष्ट्रार तथा तत्कालिन रजिष्ट्रार तुलबहादुर श्रेष्ठलगायतका पडाधिकारी र परामर्शदाताको मिलिभगतमा अनियमितता भएको,

-परामर्शदाताको भुक्तानीलाई पुष्टि गर्न भवन निर्माणार्थ बोलपत्र प्रकाशित गरेर बोलपत्र खोल्ने अन्तिम दिन ठेक्का रद्दगरी आजका मितिसम्म यो आयोजनालाई अलपत्र बनाइएको,

-आयोजनाको स्वीकृति र बजेटको सुनिश्चितता नगरी अगाडी बढाइएको यो ठेक्कामा परामर्शदाताबाट मोटो कमिसन खाने नियत राखिएको ,

-भवन निर्माण भन्दा उपकरण खरिदमा बढी कमिसन पाइने हुँदा यो ठेक्का विनाकारण रद्द गरी यस आयोजनाको २० करोड रकम एमआरआई तथा अन्य उपकरण खरिद गर्न रकमान्तर गरिएको,

-यस आयोजनाका परामर्शदाता केज कन्सल्टेन्सीका मालिक बिष्णु पन्थीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यातलगायत केही व्यक्तित्वहरुसँग सुमधुर सम्बन्ध रहेको बजार हल्ला चल्ने गरेको ,

#मातृ शिशु भवन निर्माण आयोजना सम्बन्धमा :

-सार्वजनिक खरीद अनुगमन कार्यालयको गुनासोहरुको संगालो २०७४ ले अनेक अनियमितता देखाएको तथा कारवाही गर्न उक्त प्रतिवेदन नै पर्याप्त रहेको ,

-लागत निर्माण गर्दा उक्त समयको सुनसरी जिल्लाको दररेट लिनु पर्नेमा कृत्रिम तवरले लागत बढाउन कतिपय आइटमको मोरंग जिल्ला, काठमाण्डौ जिल्ला लगायतको दररेट सामेल गरि अनियमितता गरिएको , मिलेमत्तोमा भएको यस ठेक्कामा करिव २० करोड लागत निर्माणमै चलखेल भएको अनुमान रहेको ,

-गुरुयोजना स्वीकृति तथा आर्थिक सुनिश्चितता नगरी खरिद प्रक्रिया गरिएको,

-यस आयोजना सम्बन्धी अनियमिततामा आयोजना शुरु भए देखिका पदाधिकारीहरु देखि नियम विपरित २ वर्ष म्याद थप तथा रू ६० करोड भुक्तानी गर्ने हालका उपकुलपति र रजिष्ट्रार समेत संलग्न रहेका छन् ।कार्यकारीणी समितिले म्याद थप गर्नु पर्ने प्रावधान बिपरित तत्कालिन मूल्यांकन समितिका अध्यक्ष र हालका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको सिफारिसमा एकल निर्णयबाट उपकुलपतिले एकै पटक २ वर्ष म्याद थप गर्दा निर्माण व्यवसायीले एक वर्षमा सकिने कार्य पनि २ वर्ष लगाउने र प्राइस एस्केलेसनलगायतबाट नियतजन्य तवरले करोडौं अनियमितता हुने स्पष्ट रहेको,

 -परामर्शदाता खरिद, लागत निर्माण, ठेक्का प्रक्रिया, म्याद थप र भुक्तानी लगायत सबै प्रक्रियामा मिलेमत्तो र अनियमितता रहेको ,

-यो आयोजनामा ठूलो अनियमितता भएको मन्त्रालयको छानविन समिति तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका समय समयका प्रतिवेदनले भनेता पनि आजका मितिसम्म संलग्न पदाधिकारीहरुलाई कारबाही नहुनु दु:खद छ ‘ यो देशकै सबैभन्दा बढी अनियमितता भएको भवन निर्माण मानिन्छ ।,

#हालका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले चेतन अग्रवालको कम्पनीसंग नियम विपरित खरिद गरेका १० वटा भेन्टिलेटर सम्बन्धमा :

-टेन्डर अवार्ड गरेको २५ महीना पश्च्यात यल. सी. खोलिएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले छानविन गरेर क्लिन चीट दिएको दावी गरिएको ,

-टेन्डर अवार्ड गरेको समय र हालमा डलरको मूल्य फरक पर्न गइ करिव नेपाली रुपैया १५ लाख प्रतिष्ठानको आर्थिक भार थपिएको ,

-विगतमा २ पटक यल. सी. खोल्ने प्रयास गर्दा लेखा शाखाका कर्मचारीद्वय सुनम दाहाल र रुपा सिघंचीले नमिल्ने राय दिएको ,

-हालका रजिष्ट्रार, उपकुलपति र मेडिकल सप्लायर चेतन अग्रवाल विच घरायसी जस्तै सम्बन्ध भएको कारण चेतन अग्रवालबाट यो खरिद गरिएको ,

-प्रतिष्ठानलाई सप्लाई गरेको भेन्टिलेटरहरु तोकिएको स्पेसिफिकेसन अनुरुप नभए पनि हतार हतार जडान गरिएको ,

-प्रतिष्ठानमा बायोमेडिकल इन्जिनियर र बायोमेडिकल विभागका प्रमुख धरानका सप्लायर तथा आयोगले वीपी प्रतिष्ठानकै अनियमिततामा विशेष अदालतमा मुद्दा दायर गरेका चेतन अग्रवालका कर्मचारीसरह रहेको ,

#सल्लाहकार नियुक्ति तथा साधन श्रोत दुरुपयोग सम्बन्धमा :

-नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुलाई तलब खुवाउन विभिन्न सल्लाहकार भन्दै ५ जना नियुक्तगरी मासिक लाखौँ आर्थिक भार बढाएको तथा सल्लाहकारहरू सबै पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालका कार्यकर्ता रहेको,

-सुरक्षा तथा सरसफाई मजदुरको फर्जी हाजिरी र मासिक लाखौँ अनियमितता,

-उपरोक्त दुवै ठेक्कामा कबोल गरे भन्दा धेरै कम मजदुर राखी प्रतिस्ठान प्रशाशनका कर्मचारी रजिष्ट्रार (पूर्व र वर्तमान) र ठेकेदारको मिलेमत्तोमा मासिक लाखौँ अनियमितता हुने गरेको ,

-सुरक्षा ठेक्कामा अनियमितता भएको, श्रम कार्यालयले बोलपत्र रद्द गर्न निर्देशन दिंदा समेत निर्देशनको उल्लङ्घन गरि आर्थिक चलखेलमा ठेक्का जारी राखेको,

शौचालय सरसफाई ठेक्कागरी अनियमितता गरेको, कामै नगरेको अवधीको (१२ महिना ) फर्जी कागज खडा गरेर भुक्तानी दिएको,

-करोडौंको सम्पत्ति निजी स्कूल संचालन गर्न मासिक १४ हजार भाडामा लगाएको,

-प्रतिष्ठान हाता भित्र KID-Z नाम स्कूललाई करोडौंको जग्गा र भवन तथा क्वाटर समेत मासिक १४ हजार भाडामा विनाप्रतिस्पर्धा दिएको ,

#कोरोना अस्पताल निर्माण भनेर अनियमित ठेक्का सम्बन्धमा:

उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक हप्ता म्याद दिएर ठेकेदार संग मिलिभगतमा खोलेको ठेक्कामा एक जना मात्र ठेकेदार कम्पनीले ७५ लाखमा बिड गरेको, इन्जिनियरिंग शाखाको सिफारिसमा प्रारम्भमा सो ठेक्का रद्द गरिएको, पुन: स्वीकृत गरिएको,

– १५ दिनमा कार्य सम्पन्न गर्ने भनिएता पनि कार्य सम्पन्न गर्न ४ महिना लगाएको, सोही १५दिन् अवधीको सन्दर्भमा अन्य ठेकेदारलाई प्रतिष्पर्धा बाट बन्चित गरिएको ,

 -ठेक्काका शर्तपालन गर्न नसकिने अर्थ लगाएर प्रतिष्पर्धी घटाएको तर यस ठेकेदारले समेत उक्त मुख्य शर्तहरु पालना गर्न नसकेको ,

#क्यान्टीनहरु तथा पसल भाडा अनियमितता :

-प्रतिष्ठान भित्रका प्राय सबै जसो क्यांटीन तथा पसल भाडामा सिन्डिकेट स्थापना भएको ,

-मासिक लाखौँ रुपया कर्मचारी तथा पदाधिकारीले घुस लिने गरेको ,

#अक्सिजन प्लान्ट खरिद र निजी कम्पनीबाट अक्सिजन खरिद अनियमिता सम्बन्धमा :

मिलिभगतमा सेकेन्ड ह्याण्ड अक्सिजन प्लान्ट खरिद गरिएको , पटकपटक मेसिन बिग्रिने/बिगारिने गरेर निजी अक्सिजन सप्लायर संग सेटिंग गरेर अक्सिजन खरिदमा ठूलो घोटाला गर्ने गरिएको ,

-अक्सिजन आपूर्ती टेन्डर गर्दा समेत सेटिंग भएकै सप्लायरको ठेक्का पर्नेगरी सिलिन्डरको स्पेसिफिकेसन बनाउने गरिएको ,

#अनियमित सुरक्षा ठेक्का सम्बन्धमा :

-हाल प्रतिष्ठानमा लगाएको सुरक्षा ठेका पूर्णत: अनियमित रहेको यस ठेक्का दिंदा प्रतिष्ठान भित्रका टेक्सन क्यान्टीनका संचालक टेक लोहनीसँग ४० लाख घुस लिइएको,

-ठेक्काको कागजात अध्ययन गर्दा र टेक लोहनीसंग बयान लिंदा प्रष्ट हुने देखिन्छ । श्रम कार्यालयले समेत ठेक्का रद्द गर्न निर्देशन दिइसकेको तर आर्थिक चलखेल भएको,

#चेतन अग्रवालको नक्कली सामग्री सप्लाई सम्बन्धमा :

-प्रतिष्ठानमा सप्लाई सिन्डिकेट खडा गरेका र सबै सरकारी निकायमा समेत पहुँच भएका चेतन अग्रवालले सबै ठेक्काहरू सेटिङ गरेर लिने गरेको, खरिद र स्टोर शाखाका कर्मचारीलाई नियमित तलब दिएर राखेको तथा टेन्डर हाल्दा एउटा समान देखाउने तर सप्लाई गर्दा कमसल सप्लाई गर्ने वर्षौं देखिको प्रथा रहेको ,

-सबै शाखा र पदाधिकारीले नियमित कमिसन पाउने हुँदा यो विषय प्रतिष्ठानमा सामान्य रहेको,

#अस्पताल निर्देशक डा. गौरीशंकर शाह र व्यापारी बेनु कोइरालाको मिलिभगतको अनियमितता सम्बन्धमा:

तत्कालीन् उपकुलपति डा. राजकुमार रौनियारले ३ लाख खर्च गर्ने अधिकार दिए पश्च्यात डा. गौरीशंकर शाह र बायोमेडिकल इन्जिनियर प्रदीप शाह मिलेर गत आ.व.मा व्यापारी बेनु कोइरालाको बिभिन्न फर्मको नाममा २.५ करोड जतिको कोटेसन खरिद र बिल भुक्तानी गरेको,

-मेसिन मर्मतसंहार सम्बन्धमा कतिपय काम नै नगरी त कतिपय दोहोरो मूल्य राखेर भुक्तानी गरिएको ,

-अनियमित तवरले राजनैतिक प्रभावले सुन्दर हरैचाको जग्गा प्रदेश सरकारलाई हस्तान्तरणगरी तत्कालीन् पर्यटनमन्त्री भानुभक्त ढकालबाट  सरूवा रोग अस्पताल उदघाटन गराएको ,

#फार्मेसी र पिजी होस्टेल निर्माण अनियमितता सम्बन्धमा :

-श्याम सुन्दर निर्माण सेवाले निर्माण गरिरहेको करिव २२ करोडको फार्मेसी र पिजी होस्टेलको लागत, नक्सा तथा खरिद प्रक्रिया नै त्रुटीपूर्ण र अनियमित रहेको,

-निर्माण सम्पन्न हुने लाग्दा समेत ड्रविंग डिजाइन भैनसकेको , मिलिभगतमा कार्टेलिङ गरेर ठेक्का दिएर करोडौं अनियमितता गरिएको , अग्रिम भुक्तानी समेत दिईएको ,

-उपकुलपतिले प्राध्यापक उपाधिमा किर्ते जालसाजी गरेको , निज विश्वको कुनै विश्वविध्यालयमा प्राध्यापक नरहँदा समेत कागजी रूपमा प्राध्यापक लेख्ने गरेको ,

-यच. डी. यु.खरिदमा उपकुलपतिले १.५ करोड भ्रष्टाचार गरेको भन्ने कुरा स्वयं रजिष्ट्रारले सार्वजनिक रूपमा भनेको र भोइस रेकर्ड सुरक्षित रहेको ,

-शिक्षक कर्मचारीका माग सम्बन्धमा पटक गरिएका सम्झौता पुरा नगरेको, उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक चारै जना नैतिक धरातल भन्दा तल झरेको ,

-प्रतिष्ठानको विकाश र विस्तार भन्दा आर्थिक लाभको नियतले चार जना पदाधिकारी सदैव विवाद र बिग्रह गर्न मात्र व्यस्त रहने गरेको ,

-कुनै उपलब्धिवेगर संस्थाको कुनै काम बेगर पनि राजधानी भ्रमण गरेर चारै जना पदाधिकारीले लाखौंको होटल र भ्रमण खर्च गर्ने गरेको ,

-विद्यार्थीको अध्ययन, अध्यापन, पाठ्यक्रम विकाश र समयानुकुल परिमार्जनमा शिक्षाध्यक्षले आफ्नो कार्यकालको अवधीमा एक दिन पनि सकारात्मक परीणाम दिने कार्य नगरेको ,

-सेवा र शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले चारै जना पदाधिकारी आफ्नो कार्यकालको अवधीमा एक दिन पनि सम्पूर्ण अस्पताल, कक्षा कोठाहरू, विद्यार्थी आवाश र शिक्षक् कर्मचारी आवाशको परिणाममुखी अवलोकनमा नगएको ,

-प्रतिष्ठानको आर्थिक प्रशाशन सुधार र अझ बैज्ञानिक बनाउन रजिष्ट्रारले एक दिनपनि कार्य नगरेको, बरु उपकुलपतिका खोटको प्रचारमा व्यस्त रहने गरेको , -गोपनियता र आचार संहितासम्बन्धी नियम पूर्ण रूपमा उल्लङ्घन गरेको ,

-अस्पताल निर्देशकले अस्पतालको सेवाको गुणस्तर बढाउने कुनै पनि कार्य नगरेको र खरिद अधिकारी सरह उपकरण र अस्पताल सामग्री खरिदमा मात्र केन्द्रित रहेको,

-पदाधिकारीहरुले जनशक्ति व्यवस्थापन, तालिम र अन्य अभिवृद्धिकरणसम्बन्धी कुनै कार्य नगरेको,

-नेपाल सरकारबाट आवाश्यक अनुदान ल्याउन असफल रहेको तथा राजधानी भ्रमणलाई बिलासिता र बिदाको रूपमा बिताउने गरेको ,

-प्रतिष्ठानको अचल सम्पत्ति निजी व्यवसायीलाई जिम्मा लगाउने नियतले सिनेटमा प्रस्ताव लगेको,

-प्रतिष्ठानको ऐन नियम विपरित निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन अबैध सम्झौता गरेको ,

-प्रतिष्ठानको इन्टरनेट सेवा सम्बन्धमा विगत र वर्तमान पदाधिकारीहरुले अनियमित ठेक्का र शिक्षक् कर्मचारीसँग अत्यधित सेवाशुल्क लिएर भ्रष्टाचार गरेको ,

-पदाधिकारीहरुले अनियमित सेवा सुविधा ( सुरक्षा गार्ड, मोबाइल, ल्यापटप, लाखौँको आवाश फर्निसिङ, तेल लगायत) लिने गरेको ,

-नेपाल सरकारसँग व्यवस्थित रूपमा र प्रक्रियागत रूपमा कुनै नयाँ योजना पेश गर्न नसकेको ,

-वार्तामा बस्दा उपकुलपतिले मादक पदार्थ सेवन गरेर आएको र बाँकी पदाधिकारीले सो दिन भएको उत्तेजक वातावरण सिर्जना गर्न प्रत्यक्ष भूमिका गरेको ,

-नागरिक समाज र धरानका स्थानीय जनताको विश्वास जित्न नसकेको ,

-अनियमित रुमपा कैयौं कर्मचारी आर्थिक लाभ लिएर करारमा नियुक्ति गरेको ,

-आर्थिक लाभ लिने नियतले निश्चित ठेकेदारलाई ठेक्का पार्न अस्पताल फार्मेसीको निमित्त औषधि ठेक्का पटकपटक रद्द गरेको,

क्लोज सिस्टममा प्रयोगशालाका उपकरण खरिद गरेर रिएजेन्ट खरिदमा करोडौं घोटाला हुने गरेको,

-हालै प्रक्रियामा रहेको एमआरआई खरिदसम्बन्धी तयार गर्दा निश्चित ठेकेदार कम्पनीलाई मात्र मिल्नेगरी बनाइएको,

-आर्थिक सेटिङ गर्ने नियतले ईलेक्ट्रोनिक इन्जिनियरलाई बायोमेडिकल इन्जिनियरको जिम्मा दिएको, निज उपकुलपतिका साथीका छोरा रहेको, गाडी मर्मतमा ठूलो अनियमितता रहेको,

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com