वीरमा दुई उपनिर्देशकको जिम्मेवारी हेरफेर


काठमाडौं । कोभिड–१९ यूनिफाइड केन्द्रिय अस्पताल वीरमा कोरोना संक्रमित तथा ननकोभिडको उपचार व्यवस्थापनमा सहजीकरण गर्न २ उपनिर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले यौन तथा छालारोग विशेषज्ञ प्रा.डा. अनुपमा कार्की नन कोभिड तर्फ र छाती रोग तथा सघन उपचार विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ लाई कोभिडतर्फको उपचार व्यवस्थापनका लागि जिम्मेवारी दिइएका हुन् ।

यस अगाडी उपनिर्देशकमा प्रमुख कन्सलटेन्ट चेस्ट फिजिसियन डा.अशेष ढुंगाना र नन कोभिडतर्फको उपचार व्यवस्थापनका लागि बरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. नविन पोखरेललाई थिए ।

यसभन्दा अगाडीका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले उपनिर्देशकमा नियुक्त गरेका डा.अशेष ढुंगाना र डा. नविन पोखरेलले राजीनामा दिएसँगै सो पदमा नयाँ नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।

डा बस्नेतले सेवा प्रभावित नहोस भनेर कोभिड र नन कोभिड गर्ने दुई उपनिर्देशक नियुक्ती गरेको बताए । हाल वीरमा सर्जिकल भवनबाट कोभिड बिरामी र पुरानो भवनबाट नन कोभिड बिरामीलाई सेवा दिइरहेको छ । वीरमा हाmल पर्याप्त बेडहरु खाली भएकाले कोरोना संक्रमितलाई निजी अस्पतालमा नगई वीर अस्पतालमा सेवा लिन आउन अनुरोध गरे ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com