वीरमा सभामुख सापकोटाको दाँत सर्जरी


काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले वीर अस्पतालमा दाँतको सर्जरी गराएका छन् ।

आज वीर अस्पताल पुगेर सभामुख सापकोटाले दाँतको सर्जरी गराएका हुन् ।

 

सभामुख सापकोटा प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार  उनको दाँतको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर सभामुख सापकोटाको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको न्यौपानेले जानकारी दिए ।
डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारीलगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गरेका छन् । सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको हो ।

चिकित्सकको सुझाव अनुसार अहिले सभामुख सापकोटा निवासमा आराम गरिरहेका छन् । दाँतको उपचारमा संलग्न चिकित्सकहरुको टोलीलाई धन्यवाद ज्ञापन  गर्दै सभामुख सापकोटाले वीर अस्पतालको विकास र विस्तारका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

दाँतको उपचारमा वीर अस्पतालले निकै राम्रो गर्न थालेकाले पछिल्लो समय वीरमा दाँतको उपचार गर्न जाने भिभिआइईपी/भिआईपीको संख्या उल्लेख्य बृद्धि भएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com