सरकारलाई मात्र हस्तान्तरण गर्न मिल्ने मणिपाल व्यापारीको हातमा


काठमाडौं । भारतीय समूहले सरकारलाई मात्र हस्तान्तरण गर्न मिल्ने पोखराको मणिपाल मेडिकल कलेज व्यापारी बतास समूहलाई बेच्न खोजेको खुलासा भएको छ ।

भारतीय मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप र नेपाल सरकारबीच भएको सम्झौतामा ४९ वर्ष नपुगी मणिपाल मेडिकल कलेज अरूलाई हस्तान्तरण गर्न नपाउने उल्लेख छ । यदी बीचैमा मणिपाल ग्रुपले छाडेर जाँदा प्रथम पक्ष (सरकार )लाई नै यथा स्थितिमा सित्तैमा छाडेर जानु पर्ने सर्त सम्झौतामा राखिएको छ। तर सम्झौताको सर्तविपरीत बतास समूहलाई बीचैमा करिब साढे ३ अर्बमा मणिपाल मेडिकल कलेज बिक्री गर्न खोजेको पाइएको हो । मणिपाल मेडिकल ग्रुपले सम्झौता पालना नगरे सरकारले सम्झौता भंग गर्न सक्ने र सरकारको निर्णय दुबै पक्षले मान्नु पर्ने व्यवस्था भएपनि बतास समूह र मणिपालबीच त्यसलाई ठाडो चुनौती दिँदै मेडिकल कलेज खरिद बिक्रीको प्रक्रिया अगाडि बढेको देखिन्छ ।

भारतले अनुदानमा बनाईदिएको पशुपतिको धर्मशालामासमेत सेटिङ मिलाएर मँहगो होटल खोलेको बतास समूहले अर्को बद्मासी गरेको फेला परेको हो । नारायणहिटी दरबारमा कफीशप खोल्ने बतास समूहले महत्वपूर्ण धार्मिकस्थलमा व्यापार गर्न लागिपरेको छ । पर्यटन मन्त्रालयका उच्च सरकारी अधिकारीहरु बतास समूहमाथि पशुपतिको ब्रह्मनालमासमेत रेष्टुरेन्ट खोल्न तयार रहेको व्यापारी समूह भन्ने व्यंग्य गर्न थालेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com