कनिष्ठलाई प्रमुख बनाउँदा हामी अपमानित भयाैं : चिकित्सक


काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरुले  जुनियरलाई कार्यालयकाे प्रमुख बनाउँदा आफुहरु अपमानित भएकाे बताएका छन् । हाल ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा जुनियर चिकित्सक छन् ।

स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले पुन जुनियरलाइ नै मेसु बनाउने तयारी गरेपछि ११ तहका सिनियर चिकित्सकहरुले विराेध जनाएका छन् ।

चिकित्सकहरुले जुनियरलाइ नियुक्त गर्न  लागेको भन्दै प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई पत्र बुझाएका छन्।  अस्पतालमा ११औं तहका वरिष्ठ चिकित्सक हुँदाहुँदै १० औं तहकालाई मेडिकल सुपरिटेन्डन्ट नियुक्त गर्न लागेको भन्दै उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन्। डा रुद्र मरासिनी, डा ममता भट्टराई, डा रुपेश यादव, डा अभयकुमार पोखरेल, डा सिलु श्रेष्ठ र डा विनोद शेरचनले वरिष्ठताका आधारमा जिम्मेवारी दिनुपर्ने बताए ।

‘एघारौं तहका हामी चिकित्सकहरु ट्रमा सेन्टरमा कार्यरत छौं तर हामी भन्दा धेरै कनिष्ठ १०औं तहका चिकित्सकलाई कार्यालय प्रुमुखको जिम्मेवारी दिइएको छ जसले गर्दा दैनिक कार्यसम्पादनमा कठिनाई भइरहेको जानकारी गराउँदछौं,’ पत्रमा भनिएको छ, ‘११औं तहको दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा हामीले आफू अपमानित भएको र सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहिन भएको महसुस गरेका छौं।’
स्वास्थ्यमा उमेश श्रेष्ठ मन्त्रि भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ठाडाे हस्तक्षेपमा सरुवा र नियुक्ति भइरहेको छ । अहिले भएकाे  १०औं तहका डाक्टर सन्तोष पाैडेललाइ हटाएर पुन सेही तहकाे चिकित्सक ल्याउने खेल भइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com