बीपी प्रतिष्ठानमा भिजिलान्ते प्रयोग गरेर ताला तोडियो


काठमाडौं। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यालयमा भिजिलान्ते प्रयोग गरेर ताला तोडिएको छ । आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला उपकुलपति ज्ञानेन्द्र गिरीले लिम्बूवान, एमाले र राप्रपाका युवाहरुले प्रयोग गरेर ताला तोड्न लगाएको आरोप लागेको छ ।

आन्दोलनरत पक्षले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरू खनाल, डीन, शीवेन्द्र झा, अधिकृत कमल रायामाझी, धरान उपमहानगरपालिका की उपमेयर मञ्जु भण्डारी र एमाले नेता मुरारी सुवेदीको डिजाइनमा ताला तोड्न लगाएको आरोप लगाएको छ ।

प्रतिष्ठानको डेण्टल गेट तथा मूल गेटमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुई तहको सुरक्षा घेरालाई तोडेर युवाहरुले भिसि कार्यालयको ताला तोड्नुले मिलेमतो रहेको प्रस्ट हुने बीपी प्रतिष्ठान सुधारका अभियान्ताहरुको भनाइ छ ।

प्रहरीले आन्दोलनको तयारीमा रहेका युवाले बोकेको झण्डा खोसेपछि युवाहरु आक्रोसित भएका थिए । त्यहीबीचमा भिजिलान्ते प्रयोग गरेर ताला तोडेको भन्दै आन्दोलनरत पक्ष झनआक्रोशित भएको छ ।

प्रतिष्ठान हाताभित्र छिरेका युवाहरुले भिसि कार्यालयको ताला ताेड्ने क्रममा एक युवा घाइते भएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com